रामेछाप रामपुरकी ८७ वर्षीया शक्तिमायाँलाई घरमै पुगेर नागरिकता प्रदान

रामेछापको रामेछाप नगरपालिका वडा नम्बर ५ रामपुर निवासी ८७ वर्षीया शक्ति मायाँ तामाङले ८७ वर्षको उमेरमा नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्नुभएको छ । रामेछापका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले आज उहाँको घरमै पुगेर उहाँलाई नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गर्नुभएको हो । परिवारका कोही पनि सदस्य नभएका कारण एक्लै बस्दै आउनुभएकी उहाँले नागरिकता नपाएको जानकारी वडा […]

स्थानीय तहले सार्वजनिक जग्गा भाडामा दिन नपाउने, अस्पताल निर्माणको टेन्डर पुस मसान्तभित्र गर्न मन्त्रालयको निर्देशन

स्थानीय तहले सार्वजनिक जग्गा लिजमा दिन वा हक हस्तान्तरण गर्न नपाउने भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जथाभावी सार्वजनिक जग्गा लिजमा नदिन स्थानीय तहलाई पत्राचार गरेको छ । देशभर धमाधम सार्वजनिक जग्गा अतिक्रमण गर्ने र कतिपय अवस्थामा स्थानीय तहले नै लिज वा हक हस्तन्तरण गर्ने क्रम बढेकाले मन्त्रालयले यस्तो निर्देशन दिएको मन्त्रालयका […]

रामेछापको मन्थली सहित ३५ स्थानीय तहको १ करोड ८८ लाख अनुदान कटौती

समायोजन भएका कर्मचारीलाई हाजिर गराएर काममा नलगाएका रामेछापको मन्थली नगरपालिका सहित ३५ वटा स्थानीय तहको १ करोड ८८ लाख १८ हजार ८ सय १६ रुपैयाँ अनुदान कटौती गरेको छ । सरकारले समायोजन भएका कर्मचारीको २०७७ सालको साउनदेखि चैत महिनासम्मको चाडपर्व भत्ता र पोशाक भत्ताका लागि स्थानीय तहलाई अनुदान दिएको थियो । तर ३५ पालिकाले कर्मचार […]

रामेछापका २ पालिका सहित वाग्मतीका २८ वटा स्थानीय तहले लालपुर्जा वितरण गर्ने

भूमि सम्बन्धि समस्या समाधान आयोग काठमाडौंले वाग्मती प्रदेशका २८ वटा स्थानीय तहसँग लालपुर्जा वितरणका लागि सम्झौता गरेको छ । लालपुर्जा वितरण प्रक्रिया सुरु गर्न आयोगले पहिलो चरणमा ती स्थानीय तहसँग हेटौंडामा सम्झौता गरेको हो । भूमिहिन, दलित, सुकुम्बासी र अव्यवस्थित रुपमा बसोवास गरेकाहरुको पहिला तथ्यांक पठाएको आधारमा स्थानीय तहसँग सम्झौता गरिएको भूमि सम्बन्धि समस्या समाधान […]

नेपालले पहिलोपटक आफ्नै स्रोतसाधान र जनशक्तिबाट नाप्यो सगरमाथाको उचाइ

विश्वको सर्बाेच्च शिखर सगरमाथाको उचाइ ८८४८.८६ मिटर कायम भएको छ । नेपाल र चीनले हिजो (मंगलबार) भिडियो कन्फरेन्स (भर्चुअल) का माध्यमबाट कार्यक्रमको आयोजना गरी संयुक्त रुपमा विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ सार्वजनिक गरेका हुन् । नेपालले आफ्नै स्रोत, साधन र जनशक्तिको प्रयोग गरी पहिलो पटक सगमाथाको उचाइ मापन गरेको हो । नेपालका तर्फबाट परराष्ट्रमन्त्री […]

‘मर्यादित महिनाबारी’ बारे अन्तर्राष्ट्रिय कार्यशाला गोष्ठी आजदेखि नेपालमा

विश्वमै पहिलोपटक नेपालमा ‘मर्यादित महिनाबारी’बारे अन्तर्राष्ट्रिय कार्यशाला गोष्ठी हुने भएको छ । नेपाल सरकार, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय मानवअधिकार आयोग र दक्षिण गोलार्दीय मर्यादित महिनावारी सञ्जालको संयुक्त आयोजनामा आजदेखि तीन दिनसम्म ‘मर्यादित महिनावारी’ कार्यशाला गोष्ठी हुने भएको हो । ‘महिनावारीका कुरा, मर्यादा केन्द्रित भए मात्र हुन्छ पूरा’ भन्ने मूल नारा दिइएको […]

सगरमाथाको नयाँ उचाइ आज सार्वजनिक गरिँदै

विश्वको सर्वोच्चशिखर सगरमाथाको नयाँ उचाइ आज सार्वजनिक गरिने भएको छ । नापी विभागले गरमाथाको नयाँ उचाइ घोषणा गर्न लागेको हो । घोषणा कार्यक्रको टेलिभिजनबाट समेत प्रत्यक्ष प्रसारण गरिनेछ । गत मंसिर १० गते बसेको मन्त्रिपरिषद् बैठकले सगरमाथाको उचाइ घोषणा गर्न भूमि व्यवस्था मन्त्रालयलाई स्वीकृति दिएपछि आज नयाँ उचाइबारे जानकारी दिन लागिएको हो । चीन र […]

मानव अधिकारको अवस्थामा अपेक्षाकृत सुधार हुन नसकेको आयोगको ठहर

मानव अधिकारको अवस्थामा अपेक्षाकृत सुधार हुन नसकेको राष्ट्रिय मानव अधिकार आयोगले ठहर गरेको छ । आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष गत आर्थिक वर्ष २०७६÷७७ को वार्षिक प्रतिवेदन पेश गर्दै भविष्यमा सुधारको अपेक्षा गरिएको जनाएको हो । आयोगको प्रतिवेदनले औँल्याएका विषयको कार्यान्वयन तथा नागरिकको मानव अधिकार संरक्षण र संवर्द्धन संवेदनशील हुन आयोगले सरकार तथा सम्बद्ध सबै पक्षलाई […]

तिहार मनोविज्ञानका हिसाबले  महत्त्व

गोपाल ढकाल, मनोविद बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाईसरको असर शारीरिक तथा मानसिक स्बास्थ्यमा मात्र होइन आर्थिक, सामाजिक , धार्मिक , सांस्कृतिक, चाडपर्व , रहनसहन लगायतका प्राय सबै क्षेत्रमा परेकोछ। कोरोना संक्रमणका कारण यस बर्षको तिहार पनि खुलेर हर्षोल्लासका साथ मनाउन सकिरहेका छैनौ । तर यो  विषम परिस्थितिमा पनि हामीले हाम्रो धर्म, संस्कृति र परम्परालाई भने […]

संघ र प्रदेशबीच अधिकारका कतिपय विषयमा अझै विवाद

देशले संघीय शासन व्यवस्था अपनाएको ५ बर्ष पूरा भएपनि जिल्ला तहका संरचना र प्रदेशको अधिकारभित्रका कतिपय विषय अझै विवादित छन् । जिल्ला प्रशासनदेखि वन र भूमि सम्बन्धी विषय संविधान अनुकूल परिभाषित गरी अधिकार बाँडफाँड गरिएको छैन । तर संघीयता कार्यान्वयनमा भइरहेको अलमलमा प्रमुख दल नै गम्भीर नदेखिएको स्थानीय शासनका जानकार डाक्टर खिमलाल देवकोटाको तर्क छ […]