आज विश्व वातावरण दिवस मनाईदै

आज विश्व वातावरण दिवस मनाईदै

आज विश्व वातावरण दिवस, नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरेर मनाइँदैछ ।संयुक्त राष्ट्रसंघको महासभाले हरेक वर्ष जुन ५ मा वातावरण दिवस मनाउने घोषणा गरेअनुरुप नेपालमा पनि यो दिवस मनाउन लागिएको हो ।तर कोरोना महामारीका कारण यस वर्ष नेपालमा कुनै सार्वजनिक कार्यक्रम भने राखिएको छैन ।

मानव सिर्जित कारणबाट प्रकृति र प्राकृतिक प्रणालीमा परेको प्रतिकुल प्रभावलाई कम गरी वातावरण संरक्षण गर्ने सन्दर्भमा नेपालले यस वर्षको नारा ‘नयाँ सोच र सिर्जना, प्राकृतिक प्रणालीको पुनः स्थापना’ तय गरिएको छ ।संयुक्त राष्ट्रसंघले सन् २०२१ देखि २०३० सम्मको दशकलाई परिस्थितिकीय प्रणालीको पुनःस्थापनाको दशकको रुपमा मनाउने आह्वान गरेअनुरुप यो नारा तय गरीएको वन तथा वातावरण मन्त्रालयले जनाएको छ ।

तर, दिवस मनाउँदै आए पनि विश्वमै वातावरण संरक्षणमा भने चुनौती बढ्दै गएको छ ।नेपालमा पनि बढ्दो सहरीकरण, प्राकृतिक सम्पदाको दोहन, फोहोरमैलाको दिगो व्यवस्थापन, ढलको निकासीलगायत व्यवस्थित नहुँदा चुनौती बढ्दै गएको छ । समयमै सानो मेहनतबाट व्यवस्थापन हुनसक्ने यी समस्यामा ध्यान नदिँदा अवस्था विकराल बन्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार