अब जिल्ला अस्पताल रामेछापमै पीसीआर ल्याब

अब जिल्ला अस्पताल रामेछापमै पीसीआर ल्याब

जिल्ला अस्पताल रामेछापमै अब पीसीआर ल्याब स्थापना हुने भएको छ । जिल्लामा पीसीआर ल्याब नहुँदा स्वाब परीक्षण रिपोर्ट आउन ४ देखी ५ दिनसम्म लाग्ने गरेको थियो । कोरोना परीक्षण रिपोर्ट ढिलो आउँदा संक्रमण तिव्र रुपमा बढ्दै गएको भन्दै जिल्लामा चौतर्फी विरोध हुँदै आएको थियो । अब भने यो समस्या समाधान हुने भएको छ ।

प्रदेश सरकारले जिल्ला अस्पताल रामेछापमा पीसीआर ल्याब स्थापना गर्ने भएको छ ।कोभिड–१९ कोरोना संक्रमणको जोखिम बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै पीसीआर ल्याब स्थापना गर्न टेन्डर आह्वान भैसकेको र अबको केही दिनमै संचालनमा आउने जिल्ला अस्पताल विकास समितीका अध्यक्ष रोशन पाखृनले जानकारी दिनुभयो ।                                                                                   

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार