समाजसेवी घिमिरेद्वारा खाद्यान्नका साथै औषधी बितरण

समाजसेवी घिमिरेद्वारा खाद्यान्नका साथै औषधी बितरण

सामाजिक क्षेत्रमा अब्बल व्यक्तित्व भएका समाजसेवी प्रदिप घिमिरे पछिल्लो समय गरीब दुःखीहरका लागि भगवान बनेर उभिएका छन् । कोरोना भाइरस देखा परेपछि नेपालमा लकडाउन सुरु भयो ।

लकडाउन सुरु भएपछि काठमाडौ लगायत विभिन्न स्थानमा दैनिक ज्याला मजदुरी गरी आफ्नो जीवन धान्दै आएकाहरु खान नपाएर सडक पेटीमा आएपछि साँझको तातो खाना खुवाउदै आएका छन् भने चुलो निभेकाहरुलार्ई खाद्यानन सामग्रीहरु पनि अनवरत रुपमा वितरण आएका छन् ।

उनले समस्यामा परेका जो कोहीलाई आफूले सकेको सहयोग गरिरहेका छन् । प्रदिपले मानब लगायत पशुपंक्षीहरु पनि सेवा गर्दै आएका छन् । प्रदिपले आजसम्म हजारौंलाई राहत र लाखौं व्यक्तिलाई भोजन सेवा गराइसकेका छन् भने कयौंको उद्दार पनि गरेका छन् ।

प्रदिप हाल गरीब दुःखीहरुको ढुकढुकी बनेका छन् । प्रदिपको सत्कर्ममा मनकारी व्यक्ति तथा केही संस्थाले पनि साथ दिँदै आएका छन् । सेवा नै धर्म हो भनेर अनवरत रुपमा अगाडी बढेका समाजसेवी प्रदिप घिमिरे पछिल्लो समय एकदम उचाइमा चुलिएका छन् ।

प्रदिपले आज पनि असन, इन्द्रचो, नदेवी, बांगेमुडा लगायतका स्थानमा डेरा लिई बस्ने ६ परिवारलाई दाल, चामल, नुन, तेल, आलु, सोयाविन र औषधी सहयोग गरेका छन् । घिमिरे भन्छन् – मैले गरेको पुण्य कार्यमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा स्वदेश तथा विदेशदेखी साथ सहयोग, हौसला, प्रेरणा र आर्षिवाद प्रदान गर्नुहुने विभिन्न संघ, संस्था एवम् समस्त विद्वान् महानभावहरुप्रति शिर निहुराएर हार्दिक नमन गर्दछु ।

यस पूण्य कर्मको सम्पूर्ण श्रेय म सहयोगी मनहरुलाई नै दिन चाहन्छु । अन्तमाः भन्छन्: परोपकार पुण्यायः (सेवा नै धर्म हो) । सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामया, सर्वे भद्राणी पश्यन्तु, मा कश्चिद् दुख भागभवेत । (सबै सुखी हुन्, सबै रोग मुक्त रहुन, सबै मंगलमय घटनाका साक्षी बनुन र कोही पनि दुःखको भागी हुन नपरोस ।)

(सामाजीक सेवामा सक्रिय युवा समाजसेवी प्रदिप घिमिरे ‘अमूल्य’ रामेछाप जिल्ला, मन्थली नगरपालिका वडा नं. ४ सालुका स्थानीय हुन् । यदि हजुरहरु पनि प्रदिपको सेवा कार्यमा हातेमालो गर्न इच्छुक हुनुहुन्छ भने ९८४१ १४ १४ ६८ मा सम्पक गर्न सक्नुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार