सुकाजोरका ७५ जना जेष्ठ नागरीक सम्मानित

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं ७ सुकाजोरले वडाका ७५ जना जेष्ठ नागरीकलाई सम्मान गरेको छ । आज वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरी वडाका जेष्ठ नागरीकहरुलाई सम्मान गरिएको हो । वडाका ८० वर्ष नाघेका जेष्ठ नागरीकहरुलाई सम्मान गरिएको वडाअध्यक्ष समिर कार्कीले बताउनुभयो । जेष्ठ नागरीक सम्मान कार्यक्रममा लगभग २५ जना जेष्ठ नागरीकहरु उपस्थित हुनुहुन्थ्यो […]

सरकारले सामुदायिक रेडियोलाई विद्युत महशुलमा छुट दिने

सरकारले सामुदायिक रेडियोलाई विद्युत महशुलमा छुट दिने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले मङ्सिर १ गतेबाट लागुहुने गरि देशभरका सामुदायिक रेडियोलाई विद्युत महशुलमा छुट दिने बताउनुभयो । अमार्क एशिया प्यासिफिकसँगको सहकार्यमा सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराव)ले आयोजना गरेको विपद् र सामुदायिक रेडियो विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले विपदका समयमा रेडियोहरूको भुमिका महत्वपुर्ण हुने […]

१२ औँ राष्ट्रिय जनगणना सुरु, रामेछापमा २९८ जना गणक खटिए

आजबाट नेपालको १२ औँ राष्ट्रिय जनगणनामा सुरू भएको छ । सरकारले संघीयतापछी पहिलो पटक जनगणना गर्न लागेको हो । राष्ट्रिय जनगणनाका लागि रामेछापमा २९८ जना गणक खटाइएको जिल्ला जनगणना कार्यालय रामेछापले जानकारी दिएको छ । जिल्ला जनगणना कार्यालय रामेछापका प्रमुख सुरेश खतिवडाका अनुसार जिल्लाका ८ वटा स्थानिय तहमा २९८ जना गणक खटाइएको बताउनुभयो । उहाँका […]

सुनकोसी–मरिण बहुद्देश्यीय आयोजना डुबान पीडितले मुआब्जा पाएनन्

राष्ट्रिय गौरवको सुनकोसी–मरिण बहुद्देश्यीय आयोजना प्रभावित क्षेत्रका बासिन्दाले आयोजनाबाट डुबानमा पर्ने भनी दुई वर्षदेखि रोक्का राखेको जग्गाको मुआव्जा नदिएको बताएका छन् । ‘सिन्धुली जिल्लामा जग्गा अधिग्रहण गरी मुआब्जा र क्षतिपूर्ति वितरण भइसक्यो,’ मन्थली नगरपालिका ६ हात्तीटारका बृहस्पति माझीले भने, ‘तर रामेछापतर्फको डुबान हुने जग्गाको मुआब्जा वितरण त परै जावस् निर्धारणसमेत गरीएको छैन ।’ जग्गा अधिग्रहणका लागि झन्डै […]

तिहारमा बत्तीको अभाव हुँदैन, ढुक्क भएर बत्ती बाल्नुहोस : कुलमान घिसिङ

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तिहारमा बत्तीको अभाव नहुने बताउनुभएको छ । आज मङ्गलवार नेपाल विद्युत् प्राधिकरणले आयोजना गरेको शुभकामना आदानप्रदान तथा समसामयिक विषयमा पत्रकार सम्मेलनमा बोल्दै कार्यकारी निर्देशक घिसिङले तिहारमा बत्तीको अभाव नहुने बताउनुभएको हो । उहाँले यस वर्षको तिहारमा झन्डै १५ सय मेगावाट बिजुली प्रयोग हुन सक्ने प्रक्षेपण गरेको बताउनुभयो । […]

अबैध रुपमा नेपाल प्रवेश गर्नेलाई सीमामा कडाई गरिने

सरकारले देशका विभिन्न सीमानाकामा कडाई गर्ने भएको छ । केन्द्रीय सुरक्षा समितिको हिजो बसेको बैठकमा देशका विभिन्न सीमानाकामा कडाई गर्ने विषयमा छलफल भएको हो । कार्यवाहक प्रधानमन्त्री एवं गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा गृह मन्त्रालयमा हिजो बसेको बैठकले अवैधानिक रुपमा नेपाल प्रवेश रोक्न सीमानाकामा थप कडाइ गर्ने निर्णय गरेको हो । कडाइ गर्नका लागि नाकामा सीसीटिभी […]

रामेछापमा मादलको व्यापार घट्यो, बादी समुदायको मादल व्यवसाय संकटमा

रामेछापमा पछिल्लो समय मादलको व्यापार घटेको छ । केही वर्षअघिसम्म तिहारअघि मादलको बिक्री उल्लेख्य हुने गरेको भएपनि अहिले तिहारको सिजनमा मादल बेच्न निक्कै मुश्किल हुने गरेको रामेछाप बजारमा १० वर्षदेखी मादल व्यापार गर्दै आउनुभएका व्यापारी सुजन घिमिरेले बताउनुभयो । गत वर्ष ५ वटा मादल विक्रि भएको भन्दै उहाँले यस वर्ष अहिलेसम्म एउटा पनि मादल विक्री […]

मङ्सिरदेखि विद्युतको नयाँ महसुल दर लागू हुने, घरासयी ग्राहकले २० युनिटको ३० रुपैयाँ मात्रै तिर्नुपर्ने

सरकारले मङ्सिरदेखि विद्युतको नयाँ महसुल दर लागू गर्ने भएको छ । विद्युत नियमन आयोगले बिजुलीको महसुल समायोजन गर्दै आज नयाँ दर सार्वजनिक गरेको छ । नेपाल विद्युत प्राधिकरणको प्रस्तावमाथि आवश्यक छलफल, सुनुवाइ र विश्लेषण गरेर आयोगले नयाँ महसुल दर तय गरेको हो ।मङ्सिरबाट लागू हुने महसुलदर अनुसार ५ एम्पियरको लाइन लिने सिङ्गल फेज घरायसी ग्राहकले […]

जबरजस्ती करणी र शरीर बन्धक मुद्दामा लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष खड्कालाई सफाइ

जबरजस्ती करणी र शरीर बन्धक मुद्दामा रामेछापको लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर खड्काले सफाइ पाउनुभएको छ । जिल्ला अदालत रामेछापका न्यायाधीश बद्रीप्रसाद ओलीको मंगलबारको इजलासले सफाइ दिएको हो । खड्कामाथि लगाइएको दुवै मुद्दामा सरकारी दाबी प्रमाण नपुग्ने भन्दै अदालतले सफाइ दिएको रजिष्ट्रार रामप्रसाद पौडेलले जानकारी दिनुभयो। खड्कामाथि करिब डेढवर्षअघि मुद्दा चलाइएको थियो । खड्का माथि […]

स्मार्ट सवारी चालक अनुमती पत्रको नयाँ आवेदन खुल्यो

गत वैशाख १६ गतेदेखि बन्द रहेको सवारी चालक अनुमती पत्रको नयाँ आवेदन हिजो देखि फेरि खुल्ला भएको छ । कोरोना सङ्क्रमणको जोखिम रहेको भन्दै यातायात व्यवस्था विभागले नया आवेदन बन्द गरेको थियो । नयाँ आवेदनको लागि वेबसाइटमा गएर पहिलाको जसरी नै व्यक्तिगत जानकारीहरु सहित भर्न सकिन्छ । सेवाग्राहीले बिहान ६ बजेदेखि राती १० बजेसम्म फारम […]