रामेछापमा लोप हुँदै देउसी भैलो खेल्ने परम्परा

तिहारमा देउसीभैलो खेल्ने परम्परा छ । बलिराजाका पालादेखि नै समूह बनाएर देउसीभैलो खेल्ने चलन अझ पनि कायमै छ । तर पहिलेको तुलनामा भने हिजोआज रामेछापमा देउसीभैलो खेल्न निस्कने समूह कमै मात्रामा भेटिन्छन् । केही युवा समूह मिलेर परम्परा धान्न र सामाजिक कार्यका निम्ति देउसीभैलो खेल्ने गरेका छन् । देउसीभैलोको मौलिक परम्परा भने गाउँघरमा हट्दै गएको […]

बेलुकी ८ बजे सम्म मात्र देउसी भैलो खेल्न रामेछाप प्रशासनको आग्रह

जिल्ला प्रशासन कार्यालय रामेछापले वेलुकी ८ बजे सम्म मात्र देउसी र भैलो खेल्न नागरीकहरुलाई आग्रह गरेको छ । रामेछापका प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मीको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले बिहान ६ बजेदेखि राती ८ बजेसम्म मात्रै देउसी भैलो खेल्न पाउने निर्णय गरेको हो । दिपावली र छठ पर्वको समयमा हुन सक्ने अवाञ्छित गतिविधिहरूलाई मध्यनजर […]

रामेछापका न्यायिक समितिलाई जिल्ला न्यायधिस ईन्दिरा शर्माको सुझाव

रामेछाप जिल्लाका ८ वटै स्थानिय तहका न्यायिक समितिलाई जिल्ला अदालत रामेछापका न्यायधिस ईन्दिरा शर्माले सुझाव दिनुभएको छ । विवादको उजुरी न्यायिक समितिमा आएर दर्ताको प्रक्रियादेखी विवाद समाधान गर्दासम्मको अभिलेख लगायतका कुराहरुमा विशेष ध्यान दिन उहाँले आग्रह गर्नुभयो । रामेछापको रामेछाप नगरपालिकाले जिल्ला अदालतसँग अन्तरपालिका न्यायिक समिति समन्वय कार्यक्रमा उहाँले सो आग्रह गर्नुभएको हो । बाँकी […]

निर्वाचनका लागि रामेछापमा ११ सय म्यादी प्रहरी छनोट

रामेछापमा निर्वाचन सुरक्षार्थका लागि एक हजार एक सय म्यादी प्रहरी छनोट भएका छन् । ४० दिनको कार्यावधि तोकेर प्रहरी प्रधान कार्यालयले गत भदौ ३० गतेदेखि असोज ६ सम्म आवेदन खोलेकोमा रामेछापमा एक हजार एक सय म्यादी प्रहरी छनोट गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख राजकुमार थिङले जानकारी दिनुभयो । जिल्लामा पुरुष ७ सय ५८ र […]

आजदेखि लुक्लामा मन्थली विमानस्थलबाट नियमित उडान शुरु

काठमाडौंबाट भइरहेको सोलुखुम्बुको लुक्लामा हुने नियमित उडान रामेछापको मन्थलीमा सारिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले आज (१ अक्टोवर)बाट लागू हुने गरी वायुसेवा कम्पनीले काठमाडौंबाट एक÷एक उडान मात्र लुक्लाका लागि गर्न पाउने र अन्य उडान रामेछापको मन्थलीस्थित विमानस्थलबाट गर्नुपर्ने निर्णय गरेको थियो । सोही अनुसार शनिबार समिट एयरले लुक्लाका लागि रामेछापबाट पहिलो उडान गरेको छ […]

असोज १३ गतेदेखी “रामेछाप गोल्ड कप” फुटबल प्रतियोगिता हुँदै

बडादशैँको अवसरमा “रामेछाप गोल्ड कप” फुटबल प्रतियोगिता हुने भएको छ । जागरुक युवा क्लब सुकाजोरले प्रतियोगिताको आयोजना गर्न लागेको हो । असोज १३ गतेदेखी १६ गतेसम्म संचालन हुने प्रतियोगितामा महिला तथा पुरुष फुटबल हुने छ । महिला ४ टिम र पुरुष ६ टिम गरी १० टिम सहभागी प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको खेलकुद संयोजक मनिष […]

रामेछापको उमाकुण्ड गाउँपालिकाले वडा वडामै पुगेर प्रदान गर्यो सेवा

रामेछापको उमाकुण्ड गाउँपालिकाले वडा वडामै पुगेर सेवा प्रदान गरेको छ । गाउँपालिकाले एक हप्ते एकीकृत घुम्ती शिविर सेवा संचालन गरि पालिकाको सेवाहरु वडाबाटै प्रदान गरेको हो । ७ वटै वडामा पुगेर प्रदान गरिएको घुम्ती शिविरमा ५ सय भन्दा बढीले सेवा लिएका छन् । भदौ ३० गते वडा नं ७ भुजी देखि सुरु भएको शिविर वडा […]

रामेछाप बजारमा चाडपर्व लक्षित बजार अनुगमन

नजिकिँदो दशैँ तिहार लगायत चाडपर्वलाई लक्षित गरी रामेछापको रामेछाप नगरपालिकाले आज रामेछाप बजारमा अनुगन गरेको छ । नगरपालिकाले रामेछाप बजारमा रहेका किराना पसल,मासु पसल र होटलहरुको अनुगमन गरेको हो । चाडपर्वको मौका छोपेर दैनिक उपभोग्य वस्तुमा हुनसक्ने कालोबजारीलाई नियन्त्रण गर्न बजार अनुगमन गरिएको नगरपालिकाका राजश्व शाखा प्रमुख हरिभगत श्रेष्ठले बताउनुभयो । चाडपर्वको बेला धेरै कारोबार […]

अब जिल्ला अस्पताल रामेछापमै ब्लड बैँक,रगत अभावमा कसैले पनि ज्यान गुमाउन नपर्ने

जिल्ला अस्पताल रामेछापमा पहिलो पटक रक्तसञ्चार केन्द्र (ब्लड बैंक)को स्थापना भएको छ । संंविधान दिवसको अवसर पारेर आज जिल्ला अस्पतालमै रामेछाप नगरपालिकाको सहयोगमा ब्लड बैँकको स्थापना गरिएको हो । रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपानेले ब्लड बैँकको उद्धघाटन गर्नुभयो । उक्त कार्यक्रममा बोल्दै नगर प्रमुख न्यौपानेले रगत अभावमा कसैले पनि ज्यान गुमाउन नपरोस भनेर आफुहरुले जिल्ला […]

सुकाजोरमा निशुल्क स्वास्थ्य बिमा कार्यक्रमको शुभारम्भ,सबैको घरघरमै गएर बिमा गरिँदै

रामेछापको रामेछाप नगरपालिका – ७ सुकाजोरले वडाका सबै नागरीकको निशुल्क स्वास्थ्य बिमा गर्दै छ । आईतबार (आज)देखी निशुल्क स्वास्थ्य बिमा कार्यक्रम सुभारम्भ गरिएको हो । वडाको देविथानबाट निशुल्क स्वास्थ्य बिमा गर्न सुरुवात गरिएको हो । वडाअध्यक्ष समिर कार्की,वडासदस्यहरु महेन्द्र मगर,रन्जिता कार्की,राम बहादुर हायु,बिमा सहयोगीकर्ता बिन्दा मगर सहितको टिम देविथानमा पुगेर त्यहाँका नागरीकहरुको स्वास्थ्य बिमा गरिएको […]