भ्रष्टचार विरुद्धको अभियानको केन्द्रिय कार्यालय रामेछापको मन्थलीमा स्थापना

भ्रष्टचार विरुद्धको अभियानको केन्द्रिय कार्यालय रामेछापको मन्थलीमा स्थापना

भ्रष्टचार विरुद्धको अभियानको केन्द्रिय कार्यालय रामेछापको सदरमुकाम मन्थलीमा शुक्रबार उद्धघाटन गरिएको छ । भ्रष्टचार विरुद्धको अभियान्ता यम बहादुर थापाले ७७ जिल्लाकै केन्द्रिय कार्यालय मन्थलीमा स्थापना गरिएको बताउनुभयो । समाजसेवी गुन्ज बहादुर श्रेष्ठले कार्यालय उद्धघाटन गर्नुभयो । कार्यालय उद्धघाटन गर्दै श्रेष्ठले भ्रष्टचार नियन्त्रणमा सबै उकजुट भएर लाग्नुपर्ने बताउनुभयो ।

मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठले हरेक नागरीकले हरेक काममा खबरदारी गर्ने हो भने भ्रष्टचार नियन्त्रण हुने बताउनुभयो । उहाँले हरेक कार्यालयमा भएका कामहरुको निगरानी गर्न पनि आग्रह गर्नुभयो । रामेछापका जिल्ला न्यायधिश ईन्दिरा शर्माले भ्रष्टाचार नियन्त्रण गर्न सानोतिनो प्रयासले नपुग्ने भएका कारण सम्पूर्ण नागरिक एकजुट भएर भ्रष्टाचारको विरुद्धमा आवाज उठाएर अघि बढ्नु आवश्यक रहेको बताउनुभयो ।

उहाँले भ्रष्टाचार नियन्त्रणका लागि राष्ट्रका सर्वसाधारण नागरिक, कर्मचारी, राष्ट्रका विभिन्न निजी, सरकारी तथा गैरसरकारी संघ–संस्थाहरू र भ्रष्टाचारविरुद्धका सम्पूर्ण निकायहरू एकजुट भएर भ्रष्टाचारविरुद्धको अभियानमा लागिपरेको खण्डमा मुलुकबाट सधैँका लागि भ्रष्टाचार उन्मूलन गरी देशमा सुशासन कायम गर्न सकिने बताउनुभयो ।

भ्रष्टचार विरुद्धको अभियान्ता यम बहादुर थापाले भ्रष्टाचार गम्भीर प्रकृतिको सामाजिक अपराध भएका कारण यसलाई नियन्त्रण गरी सुशासन कायम गर्नु हामी सबैको दायित्व रहेको बताउनुभयो । मुलुकमा भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्ने अभियानमा आफु लागि परेको उहाँले बताउनुभयो । कार्यालय उद्धघाटनसँगै ईन्द्रिणी कार्यक्रमका प्रमुख कृष्ण कँडेल नेतृत्वको कलाकारको समुहले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार