निशान बचत तथा ऋण सहकारी संस्थाले मनायो १० औँ स्थापना दिवस

रामेछापको रामेछाप नगरपालिका वडा नं ८ रामेछाप बजारमा रहेको निशान बचत तथा ऋण सहकारी संस्थाले १० औँ स्थापना दिवस संस्थाका सदस्यहरुसँग अन्तरकृया कार्यक्रम गरेर मनाएको छ । १० औँ स्थापना दिवसको अवसरमा संस्थाले हालसम्म हासिल गरेका उपलब्धि तथा संस्थाको दिगोपनाका लागी पुँजी वृद्धि लगायतका बारेमा सदस्यहरुसँग छलफल गरिएको संस्थाका व्यवस्थापक लक्ष्मण श्रेष्ठले जानकारी दिनुभयो । […]

फोहोर ब्यबस्थापन तालिम सम्पन्न, स्थानियले कम्पोस्ट मल बनाउन सिके

रामेछापको मन्थली नगरपालिका वडा नं १ कि स्थानिय सीता कुमारी श्रेष्ठले फोहोरलाई घटाएर मन्थलीलाई सफा सहर बनाउन आफु लागिपर्ने बताउनुभयो । वातावरण संरक्षण परियोजना रामेछापको आयोजनामा सञ्चालित फोहोर ब्यबस्थापन तालिममा कम्पोस्ट मल बनाउन सिकेपछि उहाँले फोहोरलाई मोहोरमा परिणत गर्ने बताउनुभयो । हसेरा नेपाल नामक गैससबाट तालिम दिन रामेछाप आउनुभएका प्रशिक्षक बिबेक धितालले खेर गैरहेका प्लाष्टिको […]

तरुल, सखरखण्ड लगायत कन्दमुलको खेति घट्यो

आज माघे सङ्क्रान्ति, आजका दिन विशेष महत्वका साथ तरुल, सखरखण्ड, पिडालु अर्थात कन्दमूल खाइन्छ । नेपालमा कन्दमुलको उत्पादन सन्तोषजनक रहे पनि व्यवसायीहरूका कारण आयात भने रोकिन सकेको छैन । पुस सकिँदै गर्दा र माघ लाग्दै गर्दा बजारमा तरुल, सखरखण्ड देख्न पाइन्छ । व्यवसायीहरू भने यस वर्ष कन्दमुलको बिक्री नभएको गुनासो गर्छन् । कालिमाटी फलफुल तरकारी […]

रामेछाप नगरपालिकाको दशौँ नगर सभा सम्पन्न

रामेछाप जिल्लाको रामेछाप नगरपालिकाको दशौँ नगर सभा आज सम्पन्न भएको छ । नगरपालिकाका प्रमुख नर बहादुर थापा मगरको अध्यक्षतामा भएको नगर सभा कार्यक्रममा दशौँ नगरसभाका कार्यसूचीहरु नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामचन्द्र लामगादेले प्रस्तुत गर्नुभयो । नगर सभामा रामेछाप नगरपालिकाको समग्र विकास निर्माणका सवालहरु र समसामयिक विषयमा छलफल भएको छ । नगर उप प्रमुख सृजना खड्काले […]

मृत्यु भएका पशुको क्षतिपूर्ति पाउँदा सुकाजोरका किसान दंग

गत वर्ष रामेछाप जिल्लाको रामेछाप नगरपालिकाले एक घर एक पशु विमा कार्यक्रम सन्चालन गरेको थियो । उक्त कार्यक्रम मार्फत धेरै किसान लाभान्वित भएका छन । नगरपालिकाले सन्चालन गरेको एक घर एक पशु विमा कार्यक्रम मार्फत वडा नं ७ सुकाजोरका किसानले मृत्यु भएका पशुको क्षतिपूर्ति प्राप्त गर्दा धेरै खुशी लागेको बताएका छन । आज वडा नं […]

कोरोनाका कारण नेपालमा उद्योग दर्ता, रोजगारी सिर्जना र उत्पादनमा कमि

कोरोना महामारीका कारण नेपालमा उद्योग दर्ता, रोजगारी सिर्जना र उत्पादनमा कमि आएको पाइएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७६÷७७ मा २ सय ७७ वटा स्वदेशी तथा विदेशी उद्योग दर्ता भएकोमा ७७÷७८ मा यो सङ्ख्या २ सय ३ मा झरेको छ । आर्थिक वर्ष २०७६÷७७ मा ५८ वटा ठूला उद्योग […]

रामेछापको विहिबारे हाट : बढ्यो खसीको व्यापार

रामेछाप जिल्लाकै पुरानो र ऐतिहासिक हाटको रुपमा लिने गरिएको विहिबारे हाटमा खसी, बोका किन्ने र बेच्नेको निकै भिड लोगेको थियो । आजको हाट यो दशैँको अन्तिम हाट भएर पनि होला किनमेल गर्ने र बजार घुमफिर गर्न आउनेको निकै भिड देखिन्थ्यो । बजारमा विशेषगरी लत्ताकपडा र खसी, बोका किनबेच गर्नेहरुको संख्या अरु समयमा भन्दा आज अलि […]

मलको अभाव,धानको उत्पादन घट्ने भन्दै किसान चिन्तीत

अहिले धान गोडमेल पछि मल हाल्ने समय भएपनि किसानले मल पाउन सकेका छैनन् । सरकारले भने माग अनुसारको पूर्तीका लागि आवश्यक बजेट अभाव भएको बताउने गरेको छ । माग अनुसारको परिपुर्तिका लागि मल आपुर्ती नहुदा किसानले सधैँ मलको अभाब झेल्ने गरेका छन् । हाल ५० प्रतिशत किसानलाई पुग्ने खाद्य मल मात्रै आयात भएको कृषि सामग्री […]

बागमती प्रदेश सरकारले मल कारखाना खोल्ने

बागमति प्रदेश सरकारले मल कारखाना खोल्ने भएको छ । गृहजिल्ला नुवाकोटको विदुरमा भुमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री वद्री मैनालीले किसानहरूका लागि मल कारखाना खोल्ने तयारी भइरहेको बताउनुभयो । उहाँले मल कारखाना नहुँदा किसानहरूलाई समस्या भोग्नु परिरहेकाले मल कारखाना खोल्ने योजना अघि सार्न लागिएको बताउनुभयो । राज्यमन्त्री मैनालीले मल कारखानाको स्थापनाले किसानको उन्नती हुने भएकाले […]

गरिबी हटाउन तीन महिना भित्र विस्तृत योजना तयार पार्ने सरकारको घोषणा

सरकारले व्याप्त गरिबी हटाउन तीन महिनाभित्र विस्तृत योजना तयार पार्ने भएको छ । आर्थिक वर्ष २०७८÷७९ को अर्थसम्बन्धी अध्यादेशलाई प्रतिस्थापित गर्ने विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यो योजना सार्वजनिक गर्नुभएको हो । प्रतिस्थापन विधेयकको प्रमुख उद्धेश्यनै बहुआयामिक गरिबी न्यूनीकरण राखिएको छ । पर्याप्त स्रोतसाधन र जनशक्तिका बाबजुद बहुआयामिक गरिबी जनसंख्याको १७ दशमलब ४ प्रतिशत […]