रामेछाप नगरपालिकाले कृषि एम्बुलेन्स सञ्चालन गर्दै

रामेछाप नगरपालिकाले कृषि एम्बुलेन्स सञ्चालन गर्दै

रामेछाप जिल्लाको रामेछाप नगरपालिकाले कृषि एम्बुलेन्स सञ्चालन गर्ने भएको छ । कृषि क्षेत्रको समस्या समाधान गर्नका लागि कृषि एम्बुलेन्स सञ्चालन गर्न लागिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत निरज पौडेलले जानकारी दिनुभयो । नगर भित्रका किसानलक्षित कृषि एम्बुलेन्स खरिद गरी कृषि उत्पादन किसानका घर–घरबाट बजारसम्म पुर्याइने उहाँले बताउनुभयो । उहाँका अनुसार वडा नं १ देखी ९ सम्मका किसानले उत्पादन गरेका कृषिजन्य उत्पादनको सहज ढुवानीका लागि कृषि एम्बुलेन्स खरिद गर्ने तयारी गरिएको हो ।

रामेछाप नगरपालिकाका कृषि शाखा प्रमुख कृष्ण भुजेलका अनुसार नगरपालिकाका किसानले जुनार,काँक्रो, गोलभेँडा, फर्सी, बन्दा, काउली,खुर्सानी, अदुवा, साग,आलु, करेला, घिरौँला, मुला, स्कुस, लौका, धनियाँ,गेडागुडी लगायतका तरकारी उत्पादन गर्ने गरेका छन । गाउँमा उत्पादन भएका फलफूल र तरकारी रामेछाप बजारको बिहिबारे हाट र मन्थली बजारमा ल्याएर बेच्ने गरिएको छ ।

कृषि एम्बुलेन्स सञ्चालन भएपछि किसानको घर–घरबाट यि चिजवस्तुहरु बजारसम्म पुर्याइने छ । यहाँका किसानले निकै कष्टका साथ कृषिजन्य उत्पादन बजार पु¥याउनुपर्ने बाध्यता छ । कृषि एम्बुलेन्सको प्रयोगबाट किसानले उत्पादन गरेका तरकारी तथा फलफूलले उचित बजार नपाउँदा बारीमै फाल्नुपर्ने अवस्थाको अन्त्य हुने नगरपालिकाले विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार