रामेछाप सहित बागमती प्रदेशको सबै जिल्लामा पीपीआर खोप अभियान सुरु

रामेछाप सहित बागमती प्रदेशको सबै जिल्लामा पीपीआर खोप अभियान सुरु

बागमती प्रदेशको रामेछाप सहित सबै जिल्लामा पीपीआर खोप अभियान सुरु भएको छ । प्रदेशको १३ वटै जिल्लामा सोमबारदेखि फागुन ७ बजेसम्म पिपिआर खोप अभियान सुरु भएको हो ।

सो अभियान अन्तर्गत बागमती प्रदेशको सबै जिल्लामा गरी ९२ हजार ५ सय ६१ भेडा र २५ लाख २० हजार ६ सय ७१ वटा बाख्रा गरी कुल २६ लाख १३ हजार २ सय ३२ वटा भेडा बाख्रालाई पीपीआर रोगविरुद्ध खोप लगाइने कृषि तथा पशुपन्छी विकास मन्त्रालय बागमतीका प्रवक्ता झलकनाथ कँडेलले जानकारी दिनुभयो ।

प्रदेशका ११९ वटै स्थानीय तहमा भेडा बाख्रामा लाग्ने पीपीआर रोग नियन्त्रण तथा रोकथामका लागि सप्ताहव्यापी खोप अभियान सञ्चालन गर्न लागेको हो । खोप लगाउनका लागि संघीय सरकारबाट प्रदेशभर १२ लाख ६९ हजार खोप उपलब्ध उपलब्ध भएको कृषि मन्त्रालयले जनाएको छ ।

पीपीआर रोगका कारण वर्षेनी धेरै संख्यामा भेडा बाख्राको मृत्यु भइ किसानले ठूलो क्षति बेहोरेकाले बागमती प्रदेशले प्रत्येक वर्ष सप्ताहव्यापी रुपमा खोप अभियान सञ्चालन गर्दै आएको छ । कृषि तथा पशुपन्छी मन्त्रालयले ब्याउने अवस्थाका र रोगी भेडा बाख्रालाई पीपीआर खोप दिन नमिल्ने भएकाले स्वस्थ भेडाबाख्रालाई मात्रै सो खोप दिन आग्रह समेत गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार