रामेछाप नगरपालिकाले विभिन्न कार्यक्रम गरी मनायो ६६ औँ राष्ट्रिय सहकारी दिवस

रामेछाप नगरपालिकाले विभिन्न कार्यक्रम गरी मनायो ६६ औँ राष्ट्रिय सहकारी दिवस

६६ औँ राष्ट्रिय सहकारी दिवस रामेछाप नगरपालिकाले विभिन्न कार्यक्रम गरेर भव्य रुपमा मनाएको छ । “सहकारीमा दिगोेपना स्वनियमन र सुसासन” भन्ने मुल नाराका साथ दिवस मनाइएको हो ।

रामेछाप नगरपालिकाको आयोजनामा रामेछाप बजारमा ¥यालि सहित निशान बचत तथा ऋण सहकारी संस्था,समाजसेवा जागृति महिला बचत तथा ऋण सहकारी संस्था र राष्ट्रसेवक कर्मचारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको समन्वयमा ¥यालि सहित प्रभातफेरी कार्यक्रमगरी दिवस मनाइएको हो ।

दिवसको अवसरमा नगरपालिकाको कार्यालयमा अन्तरक्रिया समेत गरिएको थियो । सहकारी क्षेत्रमा आईपर्ने समस्याहरु र नियमन निकाय नगरपालिकाको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार