राष्ट्रिय गौरवको आयोजना सुनकोशी–मरिण ड्राइभसर्नको काम सुरु हुने

राष्ट्रिय गौरवको आयोजना सुनकोशी–मरिण ड्राइभसर्नको काम सुरु हुने भएको छ । सुनकोशी नदीको पानी १३ किलोमिट सुरुङ्गबाट मरिण हुदै वाग्मतिमा मिसाई तराईमा सिंचाईको व्यवस्था मिलाउने गरि आयोजना निर्माण गर्न लागिएको हो । यहि फागुन २० गते उर्जा तथा जलस्रोत मन्त्री टोपबहादुर रायमाझीले आयोजनाको निमार्ण स्थल कमलामाई नगरपालिका वडा नं. २ को कुसुमटारमा शिलान्यास गर्नु हुने […]

रामेछाप नगरपालिकाका २ सय ७ जनाले यस वर्ष रोजगारी पाउँदै

रामेछापको रामेछाप नगरपालिकाका २ सय ७ जनाले यस वर्ष रोजगारी पाउने भएका छन । प्रधानमन्त्रि रोजगार कार्यक्रम मार्फत नगरका २ सय ७ जना बेरोजगारहरुलाई रोजगारी दिन लागिएको प्रधानमन्त्रि रोजगार कार्यक्रम रामेछाप नगरका रोजगार संयोजक देवश्री त्रिपाठीले बताउनुभयो । रामेछाप नगरपालिकाले प्रधानमन्त्रि रोजगार कार्यक्रम मार्फत गत वर्ष ३ सय ३ जनालाई रोजगार दिएको थियो । यस […]

पेट्रोलियम पदार्थको मूल्यमा फेरी वृद्धि

नेपाल आयल निगमले एक सातामै पुनः पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । गयराति १२ बजेदेखि लागू हुनेगरी डिजेल, पेट्रोल, मट्टितेल आन्तरिक हवाई इन्धनको मूल्य लिटरमा दुई रुपैयाँले बढाइएको निगमले जनाएको छ ।बढेको मूल्यपछि काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर १ सय १४, डिजेल तथा मट्टितेलको ९७ र आरिक हवाई इन्धनको भाउ ६७ रुपैयाँ कायम भएको निगमका […]

अग्रिम भुक्तानि गरेर भारतबाट थप २० लाख डोज खोप खरिद गर्ने सरकारको निर्णय

सरकारले भारतबाट खोप खरिदका लागि बाटो खुला गरेको छ । भारतीय खोप उत्पादक कम्पनी सिरन इन्स्टिच्यूटको सर्त अनुसार अग्रिम भुक्तानी गरेर सरकारले २० लाख डोज खोप खरिदका लागि बाटो खुला गरेको हो । हिजो साँझ बसेको मन्त्रिपरिषदको बैठकले कोरोना भाइरसविरुद्धको खोप खरिदमा अग्रिम भुक्तानी दिने निर्णय गरेको हो।नेपालमा १० लाख डोज कोरोना खोप उपलब्ध गराएको […]

मन्थली नगरपालिकाले डेरीमा दूध बेच्ने किसानलाई प्रति लिटर दुई रुपैयाँ अनुदान दियो

रामेछापको मन्थली नगरपालिकाले डेरीमा दूध बेच्ने पशुपालक किसानलाई प्रति लिटर दूधमा दुई रुपैयाँ अनुदान दिएको छ । गाई, भैसी पाल्ने किसानको संख्या घट्दै गइरहेको बेलामा पुशपालक किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले डेरीमा लगेर दूध बेच्ने किसानलाई नगरपालिकाले प्रति लिटर दुई रुपैयाँको दरले अनुदान दिएको हो । किसानलाई दूधमा अनुदान दिने मन्थली नगरपालिकाको वार्षिक कार्यक्रम अन्तर्गत शुक्रबार […]

पेट्रोलियम पदार्थको मूल्य नघटाए गाडी भाडा बढाउने यातायात व्यवसायीको चेतावनी

सरकारले इन्धनको मूल्य वृद्धि गरेपछि यातायात व्यवसायीले विरोध जनाएका छन् । यातायात व्यवसायीले पेट्रोलियम पदार्थको मूल्य नघटाए गाडीको भाडा आफैं बढाउने चेतावनी दिएका छन्। सरकारलाई बुझाउनु पर्ने राजश्व, किस्ता, पार्टपुर्जा र लुब्रिकेन्टको शुल्कसमेत बुझाउन नसक्ने अवस्थामा बारम्बार इन्धनको मूल्य बढाउनु उचित नभएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासघंका महासचिव सरोज सिटौलाले बताउनुभयो । २०६५ साल फागुनदेखि […]

सरकारले अर्धवार्षिक समीक्षामार्फत् बजेटको आकार घटायो

सरकारले अर्धवार्षिक समीक्षामार्फत् बजेटको आकार घटाएको छ । चालू आर्थिक वर्ष २०७७÷०७८ का लागि सरकारले १४ खर्ब ४६ अर्ब रुपैयाँको आयव्यय विवरण सार्वजनिक गरेको थियो । ६ महिनाको बजेट खर्चको अनुमानका आधारमा यस आर्थिक वर्षको बजेट १३ खर्ब ४४ अर्ब ६८ करोड रुपैयाँको मात्र हुने अर्थ मन्त्रालयले जनाएको छ । यो कुल बजेटको ९१ दशमलब […]

रामेछापमा पहिलो नमूना बस्ती आज समुदायलाई हस्तान्तरण

रामेछाप जिल्लामा पहिलो पटक निर्माण भएको एकीकृत नमूना बस्ती आज समुदायलाई हस्तान्तरण गरिएको छ । रामेछापको खाँडादेवी गाउँपालिका–३ भिरपानीस्थित डफ्काको माझी गाउँमा निर्माण सम्पन्न एकीकृत नमुना बस्तीको बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले उदघाटन गर्नुभयो । बागमती प्रदेश सरकार र खाँडादेवी गाउँपालिकाको २ करोड २५ लाख लगानीमा एकीकृत नमुनाबस्ती बनेको हो । उक्त बस्ती निर्माणका लागि […]

रामेछापको मन्थलीमा खुल्यो होण्डाको सर्भिस र बिक्री केन्द्र

रामेछापको सरदमुकाम मन्थलीमा सेतिदेबी अटोमोबाइल्स प्रा. लि. ले होण्डा बाइक तथा स्कुटरको पार्टस् बिक्री तथा मर्मत केन्द्र सुरु गरेको छ । आज मन्थली नगरपालिकाका प्रमुख रमेश कुमार बस्नेतले रिवन काटेर होण्डा बाइक तथा स्कुटरको पार्टस् बिक्री तथा मर्मत केन्द्रको उद्धघाटन गर्नुभयो । सो कार्यक्रममा बोल्दै नगर प्रमुख रमेश कुमार बस्नेतले युवाहरुलाई व्यवसायमा लाग्न आग्रह गर्नुभयो […]

रामेछाप नगरपालिकाको आठौँ नगर सभा सम्पन्न

रामेछाप जिल्लाको रामेछाप नगरपालिकाको आठौँ नगर सभा आज सम्पन्न भएको छ । नगरपालिकाका प्रमुख नर बहादुर थापा मगरको अध्यक्षतामा भएको नगर सभा कार्यक्रममा आठौँ नगरसभाका कार्यसूचीहरु नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामचन्द्र लामगादेले प्रस्तुत गर्नुभयो । नगर सभामा रामेछाप नगरपालिकाको समग्र विकास निर्माणका सवालहरु र समसामयिक विषयमा छलफल भएको छ । नगर उप प्रमुख सृजना खड्काले […]