आज रातीदेखि सरकारी खर्च रोकिने

प्रतिस्थापन विधेयक समयमै पारित नहुँदा आजरातीदेखि सरकारी खर्च रोकिने भएको छ। संसद सुचारु हुँदा ६० दिनभित्र बजेट अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक संसदबाट पारित गर्नुपर्ने व्यवस्था छ। अघिल्लो सरकारले १५ जेठमा ल्याएको बजेट अध्यादेश ३ साउनमा संसदमा पेश भएको थियो । बजेट अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक संसदबाट पारित गर्नुपर्ने व्यवस्थाअनुसार आज राति देखि विद्येयक पारित गर्ने […]

प्रतिपक्षीको अवरोधकाबीच प्रतिस्थापन विद्येयक संसदमा प्रस्तुत

सरकारले अध्यादेशबाट ल्याएको बजेट अङ्कलाई परिमार्जन गर्दै १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेट प्रतिस्थापन विधेयक ल्याएको छ । प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरुको नाराबाजीका कारण २ पटक स्थगित भएको बैठकमा तेस्रो पटक अर्थमन्त्री जनार्धन शर्माले विधेयक प्रस्तुत गर्नुभयो । अर्थमन्त्री शर्माले प्रस्तुत गरेको प्रतिस्थापन विधेयकको प्रमुख उद्धेश्य नै बहुआयामिक गरिबी न्यूनीकरण राखिएको भन्दै […]

राजनीतिक परिवर्तनको आन्दोलनमा बलिदान गर्नेहरुलाई मासिक ३ हजार रुपैयाँ भत्ता दिने

सरकारले राजनीतिक परिवर्तनको आन्दोलनमा बलिदान गर्नेहरुलाई मासिक ३ हजार रुपैयाँ भत्ता दिने घोषणा गरेको छ । संसदमा बजेट अध्यादेशको प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले शहीद परिवारलाई ३ हजार भत्ता उपलब्ध गराउने घोषणा गर्नुभएको हो । यस अनुसार जनयुद्ध, जनआन्दोलन लगायतमा ज्यान गुमाएकाको परिवारले मासिक भत्ता पाउने भएका छन् । यस्तै सरकारले कोरोना महामारीका […]

गरिबी हटाउन तीन महिना भित्र विस्तृत योजना तयार पार्ने सरकारको घोषणा

सरकारले व्याप्त गरिबी हटाउन तीन महिनाभित्र विस्तृत योजना तयार पार्ने भएको छ । आर्थिक वर्ष २०७८÷७९ को अर्थसम्बन्धी अध्यादेशलाई प्रतिस्थापित गर्ने विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यो योजना सार्वजनिक गर्नुभएको हो । प्रतिस्थापन विधेयकको प्रमुख उद्धेश्यनै बहुआयामिक गरिबी न्यूनीकरण राखिएको छ । पर्याप्त स्रोतसाधन र जनशक्तिका बाबजुद बहुआयामिक गरिबी जनसंख्याको १७ दशमलब ४ प्रतिशत […]

चाडपर्व लक्षित सुपथ मूल्य पसल असोज १ गतेदेखि सञ्चालनमा आउने

सरकारलेचाडपर्वलाई लक्षित गरी सुपथ मूल्य पसल असोज १ गतेदेखि सञ्चालन गर्ने भएको छ । दसैँ तिहार, छठजस्ता चाडपर्व नजिकिएसँगै सरकारले सहुलियत पसलसँगै बजार अनुगमन, यात्रु व्यवस्थापनलगायत कार्य सुरु गर्ने तयारी गरेको छ। मुख्यसचिवको नेतृत्वमा हिजो सम्पन्न बैठकले सार्वजनिक यातायातको भाडादर, यात्रुसिट क्षमताका आधारमा अनलाइन टिकेटिङ र कोभिडसम्बन्धी स्वास्थ्य मापदण्डको पालना गरी सहज यात्रा व्यवस्थापनलगायतका कार्य […]

लघु वित्त तथा वित्तीय संस्थाहरूले १५ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने

नेपाल राष्ट्र बैँकले लघु वित्त तथा वित्तीय संस्थाहरूले १५ प्रतिशतभन्दा बढी ब्याज लिएको भए तत्काल जानकारी गराउन सर्वसाधारणसँग अनुरोध गरेको छ । रामेछाप,जनकपुर, दोलखा लगायत बिभिन्न जिल्लाका पीडितहरूले आफूहरूले लघु वित्त तथा वित्तीय संस्थाहरूलाई २४ प्रतिशतसम्म व्याज तिर्नुपरेको गुनासो गरेका छन । राष्ट्र बैँकका प्रवक्ता देवकुमार ढकालले ‘घ’ वर्गका लघु वित्त÷वित्तीय संस्थाहरूले प्रवाह गर्ने कर्जाको […]

प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको प्रभावकारीता कम

सरकारले सञ्चालन गरेको प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको प्रभावकारीता सोचेअनुरुप हुन सकेको छैन । नागरिकलाई रोजगारीको पहुँचमा पु¥याउन भन्दै सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गरेको साढे २ वर्ष भयो । यो बीचमा १ लाख ७८ हजार भन्दा बढिले रोजगारी पाएका छन् । तर अझै पनि यो कार्यक्रम लक्षित बर्गमा पुग्न सकेको छैन । प्रधानमन्त्री रोजगार कार्यक्रमका उपसचिव […]

बाढी र पहिरोबाट घर गुमाएकालाई सरकारले तत्काल ५० हजार दिने

सरकारले बाढी र पहिरोबाट पूर्ण क्षति भएका निजी आवास निर्माणको लागि अनुदान दिने भएको छ । बाढी रपहिरोबाट निजी घर गुमाएकाप्रभावितलाई अस्थायी आवास निर्माणका लागि तत्काल ५० हजार रुपैयाँदिइने राष्ट्रिय विपद् जोखिमन्यूनिकरण तथाव्यवस्थापनप्राधिकरण प्रवक्ता विश्व प्रकाश अर्यालले जानकारी दिनुभयो । उहाँले मनसुन सकिएपछि निजी आवास निर्माणको लागि हिमाली क्षेत्रमा ५ लाख, पहाडमा ४ लाख र […]

कामको योजना पेश गर्न सचिवहरूलाई अर्थमन्त्रीको निर्देशन

अर्थ मन्त्री जनार्दन शर्माले आफूले राजश्व वृद्धि, भन्सार, सावजनिक संस्थान, अनुगमन, अध्ययन अनुसन्धानलगायतको विषयमा आफूले माग गरेका योजनाहरु यथाशक्य चाँडो पेश गर्न सचिवहरूलाई निर्देशन दिनुभएको छ । मन्त्रालय अन्तर्गतका तीन जना सचिवहरूको विशिष्ट जिम्मेवारीलाई एकीकृत कार्यप्रणालीको माध्यमबाट सम्पादन गर्न पनि उहाँले निर्देशन दिनुभयो । नवनियुक्त सचिवहरूलाई स्वागत गर्न अर्थ मन्त्रालयमा आयोजित समारोहमा अर्थमन्त्री जनार्दन शर्माले […]

बागमती प्रदेशकै बेरुजु कम आउने स्थानीय तहमा रामेछाप नगरपालिका पहिलो

बागमती प्रदेशका स्थानीय तह मध्ये बेरुजु कम आउनेमा रामेछापको रामेछाप नगरपालिका पहिलो नम्बरमा परेको छ । महालेखापरीक्षकको कार्यालयले शुक्रबार प्रकाशित गरेको ५८ औँ वार्षिक प्रतिवेदनमा १ सय १९ ओटा स्थानीय तह भएको बागमती प्रदेशको रामेछाप नगरपालिका प्रदेशका सबै स्थानीय मध्ये बेरुजु कम आउनेमा पहिलो नम्बरमा परेको हो । महालेखाले रामेछाप नगरपालिकाको आर्थिक वर्ष २०७६÷०७७ मा […]