रामेछापका ११ हजार बढी बालबालिकालाई दादुरा–रुबेलाको खोप लगाइने

दादुरा–रुबेला विरुद्धको खोप अभियानमा रामेछापका ११ हजार बढी बालबालिकालाई खोप लगाइने भएको छ । जिल्लाको ८ वटै स्थानिय तहका ६४ वटै वडामा रहेका ११ हजार ६ सय ८९ बालबालिकालाई खोप लगाइने स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । जिल्लाको रामेछाप नगरपालिका र लिखु तामोकोशी गाउँपालिकाको सबै वडामाहरुमा फागुन १३ गतेदेखी १५ गतेसम्म खोप अभियान संचालन […]

रामेछापको भुजिमा भएको स्वास्थ्य शिबिरमा ५ सय जनाले लिए सेवा

रामेछापको उमाकुण्ड गाउँपालिका–७ भुजीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । उमाकुण्ड गाउँपालिका–७ भुजीसँगको समन्वयमा अनेरास्ववियु स्वास्थ्य विभाग र स्ववियु महाराजगन्ज क्याम्पसले मङ्गलवार आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा १५० विद्यार्थी सहित ५०० जनाले जनरल सेवा लिएको अनेरास्ववियु रामेछापका अध्यक्ष पुष्कर भट्टराईले बताउनुभयो । शिविरमा क्षयरोगको परीक्षण, आँखा परीक्षण र स्त्री रोगको परीक्षण गरी निःशुल्क औषधि […]

जिल्ला अस्पताल रामेछापको शैया भरियो बिरामीले

केही दिनदेखी जिल्ला अस्पताल रामेछापको बेड बिरामीले भरिभराउ भएको छ । ४ दिनदेखी अस्पतालमा बेड भर्ना हुने बिरामीको संख्या ह्वात्तै बढेको अस्पतालका निमिक्त मेडिकल सुपरिटेण्डेन्ड डाक्टर केशव श्रेष्ठले बताए । “१५ शैयाको अस्पतालको सबै शैयाहरु बिरामीले भरिएको छ”,उनले भने । बिरामीहरु थप हुन सक्ने भएकाले केही शैया थप गरेर व्यवस्थापन मिलाइएको डा श्रेष्ठले बताए । […]

स्वास्थ्य क्षेत्र सुधारका लागी रामेछापमा सरोकारवाला निकायसँग अन्तरकृया

स्वास्थ्य मन्त्रालयले रामेछापमा स्वास्थ्य क्षेत्र सुधारका लागी सरोकारवाला निकायसँग अन्तरकृया कार्यक्रम गरेको छ । बुधबार(आज) जिल्ला अस्पताल रामेछापको सभा हलमा रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा समग्र जिल्लाको स्वास्थ्य क्षेत्रको अवस्था र सुधार गर्नुपर्ने कुराहरुको बारेमा छलफल भएको हो । कार्यक्रममा रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपानेले जिल्ला अस्पतालमा दक्ष जनशक्तिको व्यवस्था गरिदिन स्वास्थ्य […]

लागु तथा मनोद्दिपक औषधि सम्वन्धी एकदिने कार्यशाला सम्पन्न

नेपाल औषधि व्यवसायी संघ बाग्मति प्रदेश को समन्वय,औषधि व्यवस्था विभागको प्राविधिक सहयोग र नेपाल औषधि व्यवसायी संघ दोलखा रामेछापको आयोजनामा लागु तथा मनोद्दिपक औषधि सम्वन्धी एकदिने कार्यशाला तथा अन्तरक्रिया कार्यक्रम दोलखा चरिकोटमा भव्य रुपमा सम्पन्न भएको छ। नेपाल औषधि व्यवसायी संघका अध्यक्ष जीवन कुमार श्रेष्ठको सभापतित्वमा भएको सो कार्यक्रममा ४०जनाको सहभागीता रहेको थियो। प्रमुख जिल्ला […]

सिन्धुलीको खुर्कोटमा मोतिया विन्दुको शल्यक्रिया शिविर सुरु

सिन्धुलीको गोलन्जोर गाउँपालिका ७ खुर्कोटमा रहेको सुनकोसी सामुदायिक अस्पतालमा मोतिया विन्दु भएका विरामीहरुको आँखाकाे निःशुल्क सल्यक्रिया सुरु भएको छ। सुनकोसी सामुदायिक अस्पताल र गोलन्जोर गाउँपालिकाकाे संयुक्त आयोजना, जय फाउन्डेसनको सहयोग र तिलगंगा आँखा प्रतिष्ठान काठमाण्डौको प्राविधिक सहयोगमा शिविर शनिवार र आईतवार चल्ने शिविरमा १५० जनाको सल्यक्रिया गर्ने लक्ष्य राखेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केशव प्रसाद […]

एक विद्यालय एक नर्स कार्यक्रम लागु भएपछि रामेछापका विद्यालयमा सहज

सरकारले विद्यालय नर्स कार्यक्रममार्फत माध्यमिक तहका सामुदायिक विद्यालयमा स्टाफ नर्स राख्नुपर्ने नियम बनाएको छ । अझैसम्म सबै विद्यालयले नर्स नराखे पनि नर्सको व्यवस्थापन गरेका विद्यालयका विद्यार्थीलाई भने यसले धेरै कुरामा सजिलो भएको छ । विद्यालयमा नियमित नर्स आउन थालेपछि सामान्य चोटपटक लाग्दा बिचैमा कक्षा छाडेर जानुपर्ने अवस्था अन्त्य भएको छ । यति मात्र नभइ महिनावारी […]

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रद्धारा सुकाजोरमा भान्साघर औषधालय कार्यक्रम सम्पन्न

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापले रामेछाप नगरपालिका ७ सुकाजोरमा बिहिबार(आज)भान्साघर औषधालय कार्यक्रम सम्पन्न गरेको छ । रामेछाप नगरपालिकाका प्रबक्ता एवं वडा नं ७ का वडाअध्यक्ष समिर कार्कीको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा. नन्दन कँडेल र डा.ज्योति ढकालले सहभागीहरुलाई स्वस्थ रहने उपायहरुका साथै हाम्रा भान्सा तथा करेसाबारीमा हुने जडिबुटिहरुको औषधीय […]

साँघुटारमा प्रस्तावित रामेछाप नगर अस्पतालको उद्धघाटन

रामेछापको रामेछाप नगरपालिका वडा नं ३ मा रहेको साँघुटार स्वास्थ्य चौकीलाई प्रस्तावित रामेछाप नगर अस्पतालको रुपमा विकास गरिएको छ । एक प्रदेश निर्वाचन क्षेत्र एक अस्पताल सुद्दढीकरण कार्यक्रम अन्तर्गत उक्त स्वास्थ्य चौकीमा एक जना डाक्टर सहितको स्वास्थ्य सेवा सुरु भएको हो । मंगलबार(आज) उक्त प्रस्तावित नगर अस्पतालको बाग्मती प्रदेशका स्वास्थ्य मन्त्री उतम जोशी र प्रतिनिधी […]

जिल्ला अस्पताल रामेछापमा आईसियू र ‘माईक्रोबायोलोजी कल्चर’सेवा सुरु

जिल्ला अस्पताल रामेछापमा मंगलबार(आज)देखी आईसियू र ‘माईक्रोबायोलोजी कल्चर’ सेवा सुरु भएको छ । अस्पताल विकास समितिले एक कार्यक्रमको आयोजना गरी यि सेवाहरुको शुभारम्भ गरेको हो । बाग्मती प्रदेशका स्वास्थ्य मन्त्री उतम जोशीले आईसियू र ‘माईक्रोबायोलोजी कल्चर’सेवाको उद्धघाटन गर्नुभयो । उक्त कार्यक्रममा बोल्दै उहाँले बाग्मती प्रदेश सरकारले स्वास्थ्यको क्षेत्रमा धेरै कामहरु गरेको बताउनुभयो । प्रदेशको १३ […]