सिन्धुलीको खुर्कोटमा मोतिया विन्दुको शल्यक्रिया शिविर सुरु

सिन्धुलीको खुर्कोटमा मोतिया विन्दुको शल्यक्रिया शिविर सुरु

सिन्धुलीको गोलन्जोर गाउँपालिका ७ खुर्कोटमा रहेको सुनकोसी सामुदायिक अस्पतालमा मोतिया विन्दु भएका विरामीहरुको आँखाकाे निःशुल्क सल्यक्रिया सुरु भएको छ।

सुनकोसी सामुदायिक अस्पताल र गोलन्जोर गाउँपालिकाकाे संयुक्त आयोजना, जय फाउन्डेसनको सहयोग र तिलगंगा आँखा प्रतिष्ठान काठमाण्डौको प्राविधिक सहयोगमा शिविर शनिवार र आईतवार चल्ने शिविरमा १५० जनाको सल्यक्रिया गर्ने लक्ष्य राखेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केशव प्रसाद देवकोटाले जानकारी दिनुभयो ।

सिन्धुलीको सुनकोशी गाउँपालिका, गोलन्जोर गाउपालिका सहित रामेछाप जिल्लाका समेत बिरामी रहेको आयोजक ले जनाएको छ। बिहान ७ बजेदेखि सुरु भएको शिबिरमा १५ जनाको भन्दा बढीको सल्यक्रिया भइसकेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार