लागु तथा मनोद्दिपक औषधि सम्वन्धी एकदिने कार्यशाला सम्पन्न

लागु तथा मनोद्दिपक औषधि सम्वन्धी एकदिने कार्यशाला सम्पन्न

नेपाल औषधि व्यवसायी संघ बाग्मति प्रदेश को समन्वय,औषधि व्यवस्था विभागको प्राविधिक सहयोग र नेपाल औषधि व्यवसायी संघ दोलखा रामेछापको आयोजनामा लागु तथा मनोद्दिपक औषधि सम्वन्धी एकदिने कार्यशाला तथा अन्तरक्रिया कार्यक्रम दोलखा चरिकोटमा भव्य रुपमा सम्पन्न भएको छ।

नेपाल औषधि व्यवसायी संघका अध्यक्ष जीवन कुमार श्रेष्ठको सभापतित्वमा भएको सो कार्यक्रममा ४०जनाको सहभागीता रहेको थियो। प्रमुख जिल्ला अधिकारी टुवराज पोख्रेलको प्रमुख आथित्यमा भएको सो कार्यक्रममा भिमेश्वर नगरपालिकामा रहेका निजी एवं सरकारी विधालयका विधार्थीहरुको पनि उपस्थिति रहेको  थियोे।

यस संस्थाका कोषाध्यक्ष भरत बस्नेतले संचालन गरेको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी ,नेपाल औषधिव्यवसायी संघ वाग्मती प्रदेशका अध्यक्ष तथा सचिब एबं भिमेश्वर नगरपालिकाका प्रशासकीय अधिकृतले लागु तथा मनोद्दिपक औषधिको दुरुपयोगले समाजमा पुर्याउने असरको बारेमा आ-आफ्नो धारणा राख्नु भएको थियोे।

नेपाल औषधि व्यवसायी संघ दोलखा रामेछापका अध्यक्ष जीवन कुमार श्रेष्ठले संस्थाको गतिविधि एबं लागु तथा मनोद्दिपक औषधिको संम्वन्धमा आफ्नो धारणा राखेर कार्यक्रम समापन गर्नुभएको थियो।

औषधि व्यवस्था विभागका फार्मेसी निरिक्षक विकास श्रेष्ठले औषधि व्यवसायी एबं विधार्थी हरुलाई लागु तथा मनोद्दिपक औषधि सम्वन्धि जानकारी गराउन दुई  घण्टा कक्षा संचालन गर्नु भएको थियो।सो कार्यक्रममा नेपाल औषधि व्यवसायी संघ दोलखा रामेछाप संयुक्त जिल्ला साखाले उपस्थित अथिति महानुभावहरुलाई र प्रतिनिधि विधालयलाई मायाको चिनो प्रदान गरेको थियोे।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार