रामेछापमा कोरोना संक्रमित भन्दा निको हुने बढे,आज १ सय २६ जना निको

रामेछापमा कोरोना संक्रमित भन्दा निको हुने बढे,आज १ सय २६ जना निको

दैनिक तिव्र रुपमा कोरोना संक्रमित बढ्दै गएको रामेछाप जिल्लामा केही दिनदेखी संक्रमित भन्दा कोरोनालाई जित्नेको संख्या बढ्दै छ । आज जिल्लाका १५ जना कोरोना संक्रमित थपिदा १ सय २६ जनाले कोरोनालाई जितेका छन । यो सँगै जिल्लामा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या एक हजार ५१४ जना पुगेको छ ।

आज जिल्ला अस्पतालबाट एक जना, मन्थली नगरपालिकाबाट ३९ जना, रामेछाप नगरपालिकाबाट ४४ जना, उमाकुण्ड गाउँपालिकाबाट ३५ जना, खाँडादेवी गाउँपालिकाबाट एक जना, गोकुलगंगा गाउँपालिकाबाट दुई जना, लिखुतामाकोशी गाउँपालिकाबाट तीन जना र तामाकोशी अस्पतालबाट एक जनाले कोरोना जितेको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ ।

जिल्लामा आज १५ जना कोरोना संक्रमित थपिएका छ्न । जिल्ला अस्पतालमा तीन जना, गोकुलगंगा गाउँपालिकामा दुई जना र लिखुतामाकोशी गाउँपालिकामा एक जनाको एन्टिजेन रिपोर्ट पनि पोजेटिभ आएको छ भने सुनापति गाउँपालिकामा ९ जनामा पीसिआर परीक्षणबाट कोरोना देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

यो सँगै कोरोनाको दोश्रो लहर अन्तर्गत जिल्लामा कोरोना संक्रमित हुनेको संख्या एक हजार ७९८ पुगेको छ । जिल्लामा कोरोनका सक्रिय सङ्क्रमितको सङ्ख्या २६८ जना पुगेको छ । १७ जनालाइ भने जिल्लामा उपचार सम्भव नभएर अन्यत्र रिफर गरिएको छ । जिल्लामा कोरोना संक्रमण भएर १६ जनाले ज्यान गुमाएका छ्न ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार