माओवादी केन्द्र रामेछापद्धारा २५ वटा अक्सिजन सिलिन्डर सहितको स्वास्थ्य सामाग्री प्रदान 

माओवादी केन्द्र रामेछापद्धारा २५ वटा अक्सिजन सिलिन्डर सहितको स्वास्थ्य सामाग्री प्रदान 

नेकपा माओवादी केन्द्र रामेछापले आज रामेछापका प्रमुख जिल्ला अधिकारी गौलोचन सैजूलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । माओवादी केन्द्रले सानो ठूलो गरी २५ वटा अक्सिजन सिलिन्डर, ३७ हजार थान मास्क, १ सय ४० थान पिपिई सेट, एक हजार थान एननाइनटिन मास्क, मेडिसिन ४० बक्स सहित करिब ११ लाख बराबरको स्वास्थ्य सामाग्री प्रदान गरेकोे जनाएको छ ।

निवर्तमान रामेछापका प्रतिनिधिसभा सांसद एवं माओवादी केन्द्र रामेछापका इन्चार्ज श्याम कुमार श्रेष्ठको नेतृत्वमा स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो । सो कार्यक्रममा बोल्दै श्रेष्ठले आफुहरुले उपलब्ध गराएका समाग्रीले कोरोना रोकथापम तथा नियन्त्रणमा केहि मात्रामा भएपनि सहयोग पुग्ने बताउनुभयो ।

जिल्लामा अक्सिजन प्लान्ट स्थापना,पिसिआर मेसिन खरिद,जिल्ला अस्पताल रामेछापको भवन निर्माण  जस्ता कामहरुमा बजेट मिलाउन पहल गर्ने काम आफुबाटै भएको निवर्तमान सांसद श्रेष्ठले बताउनुभयो । माओवादी केन्द्रले कोभिड–१९ जिल्ला संकट व्यवस्थापन केन्द्र रामेछापका अध्यक्ष समेत रहनुभएका प्रमुख जिल्ला अधिकारी गौलोचन सैजूलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार