रामेछापमा कोरोना संक्रमित भन्दा निको हुने बढे

रामेछापमा कोरोना संक्रमित भन्दा निको हुने बढे

दैनिक तिव्र रुपमा कोरोना संक्रमित बढ्दै गएको रामेछाप जिल्लामा केही दिनदेखी संक्रमित भन्दा कोरोनालाई जित्नेको संख्या बढ्दै छ । आज जिल्लाका ३३ जना कोरोना संक्रमित थपिदा ८५ जनाले कोरोनालाई जितेका छन । यो सँगै जिल्लामा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या एक हजार ३८८ जना पुगेको छ ।

आज जिल्ला अस्पतालबाट दुई जना, मन्थली प्राथमिक स्वास्थ्य केन्द्रबाट दुई जना, रामेछाप नगरपालिकाबाट २३ जना, खाँडादेवी गाउँपालिकाबाट १२ जना, गोकुलगंगा गाउँपालिकाबाट दुई जना, दोरम्बा शैलुङ गाउँपालिकाबाट ४२ जना र लिखुतामाकोशी गाउँपालिकाबाट दुई जनाले कोरोनालाई जितेको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ ।

जिल्लामा आज ३३ जना कोरोना संक्रमित थपिएका छ्न । जिल्ला अस्पतालमा ६ जना, खाँडादेवी गाउँपालिकामा दुई जना, गोकुलगंगा गाउँपालिकामा ६ जना, लिखुतामाकोशी गाउँपालिकामा दुई जना र तामाकोशी अस्पतामा एक जनाको एन्टिजेन रिपोर्ट पोजेटिभ आएको छ भने मन्थली नगरपालिकामा चार जना, रामेछाप नगरपालिकामा पाँच जना र उमाकुण्ड गाउँपालिकामा ७ जनामा पीसिआर परीक्षणबाट  कोरोना पोजेटिभ देखिएको छ ।

यो सँगै कोरोनाको दोश्रो लहर अन्तर्गत जिल्लामा कोरोना संक्रमित हुनेको संख्या एक हजार ७ सय ८३ पुगेको छ ।  जिल्लामा कोरोनका सक्रिय सङ्क्रमितको सङ्ख्या ३७९ जना पुगेको छ । १७ जनालाइ भने जिल्लामा उपचार सम्भव नभएर अन्यत्र रिफर गरिएको छ । जिल्लामा कोरोना संक्रमण भएर १६ जनाले ज्यान गुमाएका छ्न । अझै जिल्लाका ११९ जनाको पिसिआर रिपोर्ट आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार