देशभर ९ हजार २ सय ३८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि

पछिल्लो २४ घण्टामा देशभर ९ हजार २ सय ३८ जनामाकोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थतथा जनसंख्यामन्त्रालयले आजआयोजना गरेको पत्रकार सम्मेलनमाप्रवक्ता डा. जागेश्वर गौतमले २० हजार ३ सय ६२ पीसीआर परीक्षणबाट ९ हजार २३८ जनामाकोरोना पुष्टि भएको जानकारी दिनुभएको हो । उहाँका अनुसार एन्टिजेन विधिबाट गरिएको ४२४ नमुना परीक्षणमा ६७जनामापोजिटिभ देखिएको छ । २४ घण्टामा […]

एकैदिन रामेछापका ८१ जनामा कोरोना संक्रमण पुष्टि

रामेछापमा कोरोना संक्रमित दैनिक बढ्न थालेका छन । रामेछापमा आज एकैदिन थप ८१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । आज दोरम्बा गाउँपालिकाका ११ जना,रामेछाप नगरपालिकाका ८ जना र मन्थली नगरपालिकाका ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज ७९ जनाको पीसीआर विधि र १२ जनाको एन्टिजेन विधिबाट परीक्षण सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको […]

रामेछाप प्रहरीले अक्सिजन सिलिण्डर जिल्ला अस्पताललाई बुझायो

स्वास्थ्यबाहेक अन्य प्रयोजनमा प्रयोग भइरहेको १५ वटा अक्सिजन सिलिन्डर रामेछाप प्रहरीले नियन्त्रणमा लिएर जिल्ला अस्पताल रामेछापलाई हस्तान्तरण गरेको छ । कोरोना संक्रमितका उपचारका लागि अक्सिजनको चरम अभाव भइरहेको बेला स्वास्थ्यबाहेक अन्य प्रयोजनका लागि प्रयोग भइरहेका सिलिण्डर नियन्त्रणमा लिएर अस्पताललाई बुझाइएको रामेछाप प्रहरीले जनाएको छ । जिल्लाका विभिन्न मोटर पार्ट्स, गृल उद्योग,ग्यारेजबाट खाली सिलिण्डर बरामद गरी […]

अब जिल्ला अस्पताल रामेछापमै पीसीआर ल्याब

जिल्ला अस्पताल रामेछापमै अब पीसीआर ल्याब स्थापना हुने भएको छ । जिल्लामा पीसीआर ल्याब नहुँदा स्वाब परीक्षण रिपोर्ट आउन २ देखी ३ दिनसम्म लाग्ने गरेको थियो । कोरोना परीक्षण रिपोर्ट ढिलो आउँदा संक्रमण तिव्र रुपमा बढ्दै गएको भन्दै जिल्लामा चौतर्फी विरोध हुँदै आएको थियो । अब भने यो समस्या समाधान हुने भएको छ । प्रदेश […]

रामेछाप नगरपालिकाका उपमेयरले बनाए आफू चढ्ने गाडीलाई एम्बुलेन्स

रामेछाप जिल्लामा कोरोना संक्रमित दैनिक बढ्दै गएपछि रामेछाप नगरपालिकाका उपप्रमुख सृजना खड्काले आफु चढ्ने गाडीलाई कोरोना संक्रमित बोक्ने एम्बुलेन्सको रुपमा व्यवस्थापन गर्नुभएको छ । नगरपालिका भित्रै दिनप्रतिदिन कोरोना संक्रमितको संख्या थपिदै जाँदा संक्रमितलाई उपचारको लागि अस्पताल लैजान एम्बुलेन्सको अभाव नहोस भनेर आफुले चढ्ने गाडीलाई एम्बुलेन्स बनाइएको उहाँले बताउनुभयो । ’नगरवासीहरुलाई उपचारका लागि अस्पताल पुग्न सहजहोस,यस्तो […]

रामेछापका बजारहरुमा फेरी निषेधाज्ञा एक साता थप

जिल्ला प्रशासन कार्यालय रामेछापले रामेछापका बजारहरुमा जारी निषेधाज्ञा एक साता थप गरेको छ । आज बसेको जिल्ला स्तरीय कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले जारी निषेधाज्ञा जेठ ३ गते सोमबार मध्यराति १२ः०० सम्म थप गर्ने निणर्य गरेको हो । रामेछाप प्रशासनले यसअघि मन्थली नगरपालिका वडा नं १ को मन्थली बजार क्षेत्र र वडा नं. २ […]

पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणका कारण ८० जनाको मृत्यु

पछिल्लो २४ घण्टामा ८ हजार ८ सय ५० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ७८७ पीसीआर परीक्षणमा ८ हजार ७७७ जना र ५ सय ६ एन्टिजेन परीक्षणमा ७३ जना गरी ८ हजार ८ सय ५० पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणका कारण […]

आज कोरोनाका कारण ५३ जनाको मृत्यु, ८ हजार ४ सय १८ सङ्क्रमित

पछिल्लो २४ घण्टामा देशभर थप ८ हजार ४१८ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । यस्तै ५३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि हिजो नेपालमा ९ हजार १ सय ९६ जनामा सङ्क्रमण पुष्टि भएको थियो भने ५० जनाको मृत्यु भएको थियो । आज १७ हजार ३ सय १५ जनाको पीसीआर […]

रामेछापमा थपिए ३८ जना कोरोना संक्रमित, सक्रिय संक्रमित १०१ पुग्यो

रामेछापमा आज एकैदिन थप ३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सङ्गै जिल्लामा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या १०१ जना पुगेको छ । मन्थली प्रथामिक स्वास्थ्य केन्द्रबाट पठाइएको २६ जनाको स्वाबमा २० जना र दोरम्बा शैलुङ्ग गाउँपालिकाबाट पठाइएको ४० जनाको स्वाबमध्ये १० जना , रामेछाप नगरपालिकामा सात जना र खाँडादेवी गाउँपालिकाको एकजना गरी आज […]

नेपालमा ९ हजार २३ जना कोरोना सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा नेपालमा ९ हजार २३ जना कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्यामन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको १९ हजार ९८७ परीक्षणबाट आज ९ हजार २३ जना सङ्क्रमित फेला परेका हुन् । आजकाठमाडौँ उपत्यकामा मात्रै ४ हजार १ सय६ जनामा कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. […]