साँघुटारमा प्रस्तावित रामेछाप नगर अस्पतालको उद्धघाटन

साँघुटारमा प्रस्तावित रामेछाप नगर अस्पतालको उद्धघाटन

रामेछापको रामेछाप नगरपालिका वडा नं ३ मा रहेको साँघुटार स्वास्थ्य चौकीलाई प्रस्तावित रामेछाप नगर अस्पतालको रुपमा विकास गरिएको छ । एक प्रदेश निर्वाचन क्षेत्र एक अस्पताल सुद्दढीकरण कार्यक्रम अन्तर्गत उक्त स्वास्थ्य चौकीमा एक जना डाक्टर सहितको स्वास्थ्य सेवा सुरु भएको हो ।

मंगलबार(आज) उक्त प्रस्तावित नगर अस्पतालको बाग्मती प्रदेशका स्वास्थ्य मन्त्री उतम जोशी र प्रतिनिधी सभा सांसद पूर्ण बहादुर तामाङ्ग(कान्छाराम)ले संयुक्त रुपमा उद्धघाटन गर्नुभयो ।

रामेछाप नगरपालिकाको केन्द्र रामेछाप बजारमा जिल्ला अस्पताल भएपनि भौगोलिक रुपमा टाढा रहेका वडा नं १,२,३ र ४ का नागरीकहरु र ओखलढुंगाको लिखु र चम्पादेवीका नागरीकहरुले अहिले पनि साँघुटार स्वास्थ्य चौकीबाटै सेवा लिँदै आएका छन । साँघुटारमा डाक्टरसहितको अस्पताल भएपछि त्यहाँका नागरीकहरुमा खुशी छाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार