जिल्ला अस्पताल रामेछापमा सेवा सुरु भएको १२ औँ दिनमा ५ औँ शल्यक्रिया

जिल्ला अस्पताल रामेछापमा पहिलो पटक आकस्मिक प्रसुतिजन्य शल्यक्रिया सुरु भएको शनिबार १२ औँ दिन पुगेको छ । सेवा सुरु भएको १२ औँ दिनमा ५ औँ सफलतापूर्वक शल्यक्रिया विधिबाट प्रसुति गराइएको जिल्ला अस्पताल विकास समितीका अध्यक्ष यम पाख्रिनले बताउनुभयो । जिल्ला अस्पतालमा आकस्मिक प्रसुतिजन्य शल्यक्रिया सुरु भएदेखी नै अस्पतालमा सुत्केरी हुन आउनेहरुको संख्यामा वृद्धि भएको छ […]

जिल्ला अस्पताल रामेछापमा निशुल्क स्वास्थ्य शिविरमा १ हजार बढीले लिए सेवा

जिल्ला अस्पताल रामेछापमा ४ दिनसम्म सन्चालन भएको निशुल्क स्वास्थ्य शिविरमा १ हजार बढीले सेवा लिएका छन । यहि फाल्गुन २३ गतेदेखी २६ गतेसम्म चलेको शिविरमा १ हजार ४८ जनाले सेवा लिएको जिल्ला अस्पताल विकास समितीका अध्यक्ष यम पाख्रिनले जानकारी दिनुभयो । शिविरमा ६२५ जनाले दन्त सेवा,२७४ जनाले फिजियोथेरापी र १४९ जनाले दुखाई व्यवस्थाप गरी जम्मा […]

जिल्ला अस्पताल रामेछापमा निशुल्क स्वास्थ्य शिविर सुरु,आज ३५८ जनाले लिए सेवा

जिल्ला अस्पताल रामेछापमा आजदेखी निशुल्क स्वास्थ्य शिविर सुरु भएको छ । नेप अस एशोसिएसन एण्ड नेप अस डेन्टल काठमाडौँको प्रायोजन,स्वास्थ्य कार्यालय,जिल्ला अस्पताल र रामेछाप नगरपालिकाको आयोजनामा निशुल्क स्वास्थ्य शिविर सन्चालन गरिएको हो । आज शिविरमा ३५८ जनाले सेवा लिएका छन । दन्त परीक्षण तथा उपचारमा २३० जना र हार्डजोर्नीमा १२८ जनाले सेवा लिएको जिल्ला अस्पताल […]

जिल्ला अस्पताल रामेछापमा पहिलो पटक आकस्मिक प्रसुतिजन्य शल्यक्रिया सुरु

जिल्ला अस्पताल रामेछापमा पहिलो पटक आकस्मिक प्रसुतिजन्य शल्यक्रिया सुरु भएको छ । सोमबार (आज) ओखलढुंगाको लिखु गाउँपालिका वडा नं १ गैरीगाउँकी २० वर्षिया गर्भवती रिता कार्कीको सफलतापूर्वक शल्यक्रिया विधिबाट प्रसुति गराइएको छ । अस्पतालका डा. मनोज कुमार यादव,डा सरिता ढकाल,एनेस्थेसिया असिष्टेन्ट सन्दिप कुमार यादव,नर्सहरु बन्दना कुमारी ठाकुर,अस्मिता कार्की सहितको टिमले कार्कीको सफल शल्यक्रिया सम्पन्न गरेको […]

कोरोना सङ्क्रमणको दरमा कमि आएपनि जोखिम कायमै छ : विज्ञ

नेपालसहित विश्वभर कोरोना सङ्क्रमित थपिने दरमा कमी आउन थालेको छ । कोरोना महामारीको तेस्रो चरणको लहर सुरु भएपछि नेपालमा झन्डै १२ हजारमा सङ्क्रमण पुष्टि भएको थियो । तर, पछिल्लो २ सातादेखि नेपालमा नयाँ सङ्क्रमित थपिनेको सङ्ख्या २ देखि ४ सयमा झरेको छ । यस्तै विश्वभर दिनकै ३० देखि ३६ लाखसम्म नयाँ सङ्क्रमित थपिनेको गरेकोमा अब […]

रामेछापमा ९७ हजार बढीले लगाए कोरोना विरुद्धको पुर्ण खोप

रामेछापमा कोरोना भाइरस (कोभिड १९) विरुद्धको पुर्ण खोप ९७ हजार बढीले लगाएका छन । जिल्लामा खोप अभियान सुरु भएदेखी हालसम्मको अवद्यिमा ९७ हजार ९ सय २८ जनाले पुर्ण मात्रा खोप लगाएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । जिल्लामा एक लाख ७ हजार २ सय ८५ जनाले पहिलो मात्रा खोप लगाएका छन । जिल्लामा भेरोसेल,कोभिडशिल्ड, […]

सबैसँग समन्वय र सहकार्य गरेर काम गर्छु : अध्यक्ष यमकुमार पाख्रिन

जिल्ला अस्पताल रामेछापको अस्पताल विकास समितीका अध्यक्ष यमकुमार पाख्रिनले अस्पतालको विकासमा सबैँसँग समन्य र सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । जिल्ला अस्पतालमा आज पद्भार ग्रहण गर्दै उहाँले सबैको साथ र सहयोगले मात्रै अस्पताललाई विकास गर्न सकिने बताउनुभयो । सबै राजनिती दल,जनप्रतिनिधी,स्वास्थ्यकर्मी,पत्रकार,समाजेवी लगायतको सुझाव र सल्लाहलाई ग्रहण गर्दै आफुले काम गर्ने उहाँले बताउनुभयो […]

कोरोनाको तेस्रो लहर सिथिल बन्दै

नेपालमा कोरोना भाइरसको सङ्क्रमण दर निरन्तर घट्दै गएको भएपनि मृत्युदर भने घट्न सकेको छैन । एक साता भन्दा बढि समयदेखि नेपालमा कोरोनाका सङ्क्रमित निरन्तर घटिरहेका छन् । तर सङ्क्रमित घटे अनुसार मृत्युदर भने कम हुन सकेको छैन । कोरोना सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा मात्रै १४ जनाको मृत्यु भएको छ । यस्तै हिजो पनि कोरोनाका […]

रामेछापमा कोरोनाका सक्रिय संक्रमितको सङ्ख्या घट्दै

रामेछापमा केहिदिन यता कोरोनाका सक्रिय संक्रमितको सङ्ख्या घट्दै गएको छ । जिल्लामा अहिले ५३ जना सक्रिय संक्रमित रहेका छन । पछिल्ला केहि हप्तादेखि रामेछापमा नयाँ संक्रमित थपिनेको सङ्ख्या निरन्तर ओरालो लाग्दै गएपछि सक्रिय सङ्क्रमितको सङ्ख्या पनि घट्दै गएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । जिल्लामा मंगलबार (आज) मात्रै ३६ जना कोरोना संक्रमित निको भएका […]

नेपालमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या घट्दै

नेपालमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या ४० हजारमा झरेको छ । पछिल्लो १५ दिनदेखि देशभर नयाँ सङ्क्रमित थपिनेको सङ्ख्या निरन्तर ओरालो लाग्दै गएपछि सक्रिय सङ्क्रमितको सङ्ख्या पनि घट्दै गएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हाल देशभर ४० हजार १ सय ११ सक्रिय सङ्क्रमित रहेका छन् । कोरोनाको तेस्रो चरणको लहरमा झन्डै ९५ हजार पुगेको […]