जेठ १ गतेदेखि शनिबार र आइतबार २ दिन सार्वजनिक विदा दिने सरकारको निर्णय

सरकारले जेठ १ गतेदेखि परीक्षणका रुपमा लागू हुने गरी शनिबार र आइतबार दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । हिजो बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । विदा २ दिन दिएपछि सरकारले कार्यालय समय भने बढाएको छ । कार्यालय समय अब विहान ९ः३० देखि ५ः३० […]

नेपाली सेनाको सैन्य पदमा आवेदन खुल्ला

नेपाली सेनाको सैन्य पदमा आवेदन खुल्ला भएको छ । नेपाली सेनाले आज सूचना जारी गर्दै ४ हजार सैन्य माग गरेको हो । कक्षा ८ उत्तिर्ण गरेका व्यक्तिले २७ भर्ना केन्द्र मध्ये आफुलाई पायक पर्ने स्थानमा गई आवेदन दिन सक्नेछन् । नेपाली सेनाले खुल्ला तर्फ २ हजार ९८, कर्तव्य पालनाको सिलसिलामा अशक्त÷मृत्यु भएका नेपाली सैनिकका सन्तती […]

लिखु ४ जलविद्युत आयोजनाको आईपिओ भर्ने म्याद थप

ग्रिन भेञ्चर लिमिटेडले आव्हान गरेको आईपिओ भर्ने म्याद थप गरिएको छ । कम्पनीले आव्हान गरेको माग अनुसार लिखु ४ जलविद्युत आयोजना प्रभावित क्षेत्रका नागरिकहरुले आईपीओ नभरेपछि कम्पनीले फागुन २३ गते सम्म आईपीओ भर्न सक्नेगरि म्याद थप गरेको छ । कम्पनीले ५२.४ मेगावाट क्षमता रहेको लिखु ४ जलविद्युत आयोजनाका प्रभावित क्षेत्रका नागरिकहरुका लागि गत फागुन २ […]

आज र भोलि देशका धेरै ठाउँमा मेघगर्जन र चट्याङ्सहित पानी पर्ने सम्भावना

आज र भोलि देशका धेरै ठाउँमा मेघगर्जन र चट्याङ्सहित पानी पर्ने मौसमविद्ले बताएका छन् । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज र भोलि मेघगर्जन र चट्याङ्सहित वर्षासँगै उच्च हिमाली तथा पहाडी भेगमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् बिनु महर्जनका अनुसार आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती र […]

एक हप्तादेखी बेपत्ता दिपेशलाई भेटाउनेलाई १ लाख बढी पुरस्कार दिने

रामेछापको मन्थली नगरपालिका वडा नं १ का २७ बर्षिय दिपेश मानन्धरलाई फेला पार्ने व्यक्तिलाई उहाँको परिवारले इनाम स्वरुप १ लाख ११ हजार १ सय ११ रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ । बिहिवार बिहान घरमा बुबा सँगै खाना खाएर मधुमेहको परीक्षणको लागि अस्पताल जान्छु भनेर हिडेका दिपेश अहिलेसम्म घर फर्किनुभएको छैन । घरवाट निस्कदा दिपेशले […]

आज पनि देशका उच्च पहाडी क्षेत्रमा वर्षा र हिमपात हुने

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज पनि देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको बताएको छ । महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ । देशको पहाडी भू–भागको […]

२०७९ चैत्रसम्म रामेछाप नगरपालिका बालमैत्री नगरपालिका घोषणा हुने

रामेछापको रामेछाप नगरपालिका २०७९ चैत्रसम्ममा बालमैत्री नगरपालिका घोषणा हुने भएको छ । रामेछाप नगरपालिकाका जनप्रतिनिधि लगायत सरोकारवालाहरुले बालमैत्री नगरपालिका घोषणामा लाग्ने प्रतिबद्धता जनाएका छन । रामेछाप नगरपालिकाका प्रमुख नर ब थापा मगरले बालमैत्री नगरपालिका घोषणामा सबैको साथ र सहयोग आवश्यक पर्ने बताउनुभयो । उहाँले सबैले आ–आफनो ठाउँबाट बालमैत्री नगरपालिका घोषणामा सहयोग पुर्याउन अनुरोध गर्नुभयो । […]

भोलि दिउँसो देखी मात्रै मौसम सफा रहने

हिमपात र वर्षा गराउने मौसम प्रणाली पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव नेपालमा जारी छ। जसका कारण यतिबेला प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशमा मौसम सामान्यदेखि पूर्ण बदली भई केही स्थानमा हल्का वर्षा भइरहेको मौसम पूवानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो प्रदेश नम्बर १, मधेस, बागमती र गण्डकी प्रदेशमा मौसम आंशिकदेखि सामान्य बदली […]

सरकारले वैदेशिक रोजगारीबाट स्वदेश फर्केर उद्यम गरेकालाई पुरस्किृत गर्ने

सरकारले वैदेशिक रोजगारीबाट फर्केर उद्यम गरेका युवालाई पुरस्कृत गर्ने भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले स्वरोजगारीमा प्रोत्साहन गर्ने उद्देश्यका साथ वैदेशिक रोजगारीबाट फर्केर उद्यम गरेका युवालाई पुरस्किृत गर्ने बताएको छ । जसका लागि मन्त्रालयले वैदेशिक रोजगारबाट फर्केर उद्यम गरेका व्यक्तिसँग आवेदन माग गरेको छ। वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमा उद्यम गरी राष्ट्रिय उत्पादन र […]

सोनाम ल्होछारको अवसरमा सुनापती गाउँपालिकामा तीनदिन सार्बजनिक बिदा

तामाङ जातिहरुको बाहुल्यता रहेको रामेछापको सुनापती गाउँपालिकाले सोनाम ल्होसारको अवसरमा तीनदिन सार्वजनिक बिदा दिएको छ । तामाङ समुदायको सांस्कृतिक तथा धार्मिक पर्व सोनाम ल्होछारको अवसरमा गाउँपालिकाभर तीनदिन सार्वजनिक बिदा दिने निर्णय भएको गाउँपालिकाका अध्यक्ष धावा लामाले जानकारी दिनुभयो । २८५८ औं सोनाम ल्होछारको अवसरमा आगामी १८,१९ र २० गते तीन दिनका लागि गाउँपालिका र अन्र्तगतका […]