रामेछापमा अब वडाबाटै राष्ट्रिय परिचयपत्र बनाउन सकिने

रामेछाप जिल्लामा शुक्रबारदेखि राष्ट्रिय परिचयपत्र बनाउने अभियान सुरु भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले जिल्ला प्रशासन कार्यालयको समन्वयमा उक्त अभियान सुरु गरेको हो । शुक्रबार मन्थलीमा आयोजित कार्यक्रममा विभागका महानिर्देशक तीर्थराज भट्टराईले अभियान अन्तर्गत जिल्लाका ६४ वटै वडा र जिल्ला प्रशासन कार्यालयमा विषेश टोली परिचालन हुने बताउनुभयो । एउटा वडामा बढीमा १५ दिनभित्र […]

बेलुकी ८ बजे सम्म मात्र देउसी भैलो खेल्न रामेछाप प्रशासनको आग्रह

जिल्ला प्रशासन कार्यालय रामेछापले वेलुकी ८ बजे सम्म मात्र देउसी र भैलो खेल्न नागरीकहरुलाई आग्रह गरेको छ । रामेछापका प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मीको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले बिहान ६ बजेदेखि राती ८ बजेसम्म मात्रै देउसी भैलो खेल्न पाउने निर्णय गरेको हो । दिपावली र छठ पर्वको समयमा हुन सक्ने अवाञ्छित गतिविधिहरूलाई मध्यनजर […]

इजाजत प्राप्त हतियार बुझाउन रामेछाप प्रशासनको निर्देशन

जिल्ला प्रशासन कार्यालय रामेछापले इजाजत प्राप्त हातहतियार बुझाउन निर्देशन दिएको छ । प्रशासन कार्यालयले कात्तिक ५ गतेभित्र नागरीकहरुलाई हातहतियार बुझाइ सक्न निर्देशन दिएको हो । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र सुरक्षित वातावरणमा सम्पन्न गर्न इजाजत प्राप्त हातहतियार बुझाउन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मीले बताउनुभयो । […]

बालबालिका अपहरण गर्ने गिरोह भेटिएको भन्ने हल्ला मात्रै होः नेपाल प्रहरी

तराईका विभिन्न जिल्लामा केही दिनदेखि बालबालिका अपहरण गर्ने गिरोह भेटिएको भन्दै सामाजिक सञ्जालमा आइरहेका फोटो, भिडियो नेपालको नभएको नेपाल प्रहरीले दाबी गरेको छ । सामाजिक सञ्जालमा त्यस्ता सामग्री राखेर गलत हल्ला चलाउनेको बारेमा निगरानी बढाइएको र कारबाहीका लागि साइबर व्यूरोले अनुसन्धान गरिरहेको नेपाल प्रहरीका प्रवक्ता टेकप्रसाद राईले बताउनुभयो । सामाजिक सञ्जालमा भ्रामक प्रचार गर्ने जो […]

बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना

आज बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।हाल मनसुनको न्यून चापीय रेखासरदर स्थान भन्दा केही उत्तर तर्फ रहेकाले आज देशभर आंशिकदेखि सामान्य बदली हुने र प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको […]

आजदेखि मतदाता नामावली अद्यावधिक गर्न पाइने

निर्वाचन आयोगले आजदेखि मतदाता नामावली अद्यावधिक गर्दैछ । आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावका लागि आज सम्बन्धित वडा कार्यालय र निर्वाचन कार्यालयमा मतदाता नामावली प्रकाशन गरिने आयोगले जनाएको छ । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले नामावलीमा रहेका त्रुटि सच्याउन, नामावलीमा प्रकाशित व्यक्तिको विवरणको विरोधमा उजुरी दिन साथै मतदाताको एकभन्दा बढी […]

रामेछापमा मतदाता नामावलीमा नाम दर्ता गर्ने कार्य स्थागित

रामेछापमा मतदाता नामावलीमा नाम दर्ता गर्ने कार्य रोकिएको छ । आगामी मंसिर ४ गते प्रदेश र प्रतिनि सभाको निर्वाचनको मिति घोषण भइसकेकाले मतदाता नामावलीमा नाम दर्ता गर्ने कार्य रोकिएको निर्वाचन कार्यालय रामेछापले जानकारी दिएको छ । मतदाता नामावली ऐन, २०७३ को दफा ४ को उपदपा (२) को खण्ड (२) अनुसार निर्वाचनको मिति घोषणा भइसकेपछि सो […]

रामेछापमा साउने झरी, देशका विभिन्न क्षेत्रमा मौसम बदली

आईतबार बिहानैदेखी रामेछाप सहित देशको विभिन्न ठाउँमा पानी परिरहेको छ । आज पनि देशका विभिन्न क्षेत्रमा मौसम बदली भई पानी गरिरेहेको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थान आसपास तथा पूर्वतिर सरदर स्थानभन्दा केही उत्तरतिर अवस्थित रहेको छ । आज बिहानैदेखि देशका […]

खिम्ती खोला तटीय क्षेत्रमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाको आग्रह

रामेछापको खिम्ती खोला, रसनालु जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ । बाढी पूर्वानुमान महाशाखाले खिम्ती खोला तथा तटीय क्षेत्रमा आज बिहानसम्म सतर्कता अपनाउन आग्रह गरेको छ । त्यस्तै गएराति कास्कीको घलेखर्क वर्षामापन केन्द्र र आसपासमा ठूलो पानी परेको छ । घलेखर्क, पुरनचौर, भुर्जुङ खोला र आसपासको कमजोर भिरालो जमिनमा पहिरोको जोखिम हुन सक्ने भएकाले सतर्कता अपनाउन […]

लिखु तामाकोशी गाउँपालिकाले करारका कर्मचारी कसैको म्याद नथप्ने

रामेछापको लिखु तामाकोसी गाउँपालिकाले साउन १ गतेदेखी आफना सबै करारका कर्मचारीको म्याद थप नगर्ने निर्णय गरेको छ । गाउँपालिकाले एक सुचना जारी गर्दै गाउँपालिका अन्तर्गतका करार सेवामा कार्यरत कर्मचारीको म्याद थप नगर्ने र हाजिर नगर्न,नगराउन समेत निर्देशन दिएको छ । गाउँपालिकाले जारी गरेको सुचनामा भनिएको छ, कार्यालय अभिलेखमा विगतका कर्मचारी कार्यालय समयमा उपस्थिति नहुने, पोशाक […]