रामेछाप नगरपालिकाको १४ औं नगर सभामा भएका निर्णयहरु सार्वजनिक

रामेछाप नगरपालिकाको १४ औं नगर सभामा भएका निर्णयहरु सार्वजनिक

रामेछाप नगरपालिकाले १४ औँ हिउँदे नगर सभा बुधवार सम्पन्न गरेको छ । नगरपालिकाले बिहिवार (आज) कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरेर सो कुराको जानकारी दिएको छ । रामेछाप नगरपालिकाका प्रबत्ता समीर कार्कीले एक प्रेस विज्ञप्ती जारी गर्दै नगर सभामा भएका निर्णयहरु सार्वजनिक गर्नुभयो ।

प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ – समग्रमा रामेछाप नगरपालिकाको चालु आ.व २०८०/८१ मा चालु तर्फ रु ५० करोड ८१ लाख ५३ हजार ९ सय ४५ र पूँजीगत तर्फ रु २५ करोड ५ लाख ५३ हजार ६ सय ९६ गरी जम्मा रु ७५ करोड ८७ लाख ७ हजार ६ सय ४१ रुपैयाको बार्षिक योजना तथा कार्यक्रम रहेकोमा हालसम्म चालु तर्फ १४ करोड ३ लाख ६७ हजार ८ सय ९९ अर्थात २७.६२ प्रतिशत खर्च भएको देखिन्छ । पूँजीगत तर्फ १ करोड ७१ लाख १ हजार ६ सय ९१ अर्थात ७.१४ प्रतिशत मात्र खर्च भएको देखिन्छ । यस अनुसार चालु र पूँजीगत गरी हालसम्म २०.८६ प्रतिशत वित्तीय प्रगति हासिल भएको नगर प्रबत्ता कार्कीले बताउनुभयो ।

नगरपालिकाको विनियोजन ऐन २०८० लाई संशोधन गर्ने सम्बन्धमा बनेको विधेयक २०८० को मस्यौदा माथि सभामा छलफल भई पारित गरेको छ । चालु आ.व.०८०/ ८१ को हाल सम्म नगर कार्यपालिकाको बैठकमा भएका निर्णयहरू सभामा छलफल भई सभाले अनुमोदन गरेको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

सभामा विगतमा रकम विनियोजन भई अधुरा रहेका क्रमागत योजनाहरू सङ्घीय सरकार तर्फका  र प्रदेश सरकार तर्फका योजनाहरू आगामी कार्यक्रममा योजनाहरू समावेश गर्न सङ्घीय र प्रदेश सरकार समक्ष माग गर्ने निर्णय भएको बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार