बाढीको जोखिमबाट सतर्क रहन रामेछाप प्रशासनको आग्रह

जिल्ला प्रशासन कार्यालय रामेछापले सुनकोशी नदी किनारमा वसोवास गर्ने नागरीकहरुलाई सतर्कता अपनाउन आग्रह गरेको छ । विहिबार एक सार्वजनिक सूचना जारी गर्दै प्रशासनले सतर्कता अपनाउन आग्रह गरेको हो । चीनको तिब्बत क्षेत्रमा असार ७ गते सम्म भारी बर्षा हुने र त्यसबेला सुनकोशी नदीमा बाढीको उच्च जोखिम हुने भएकाले सुनकोशी आसपासको क्षेत्रमा बसोवास गर्ने नागरिकलाई उच्च […]

६ वर्षमा रामेछापबाट वैदेशिक रोजगारीमा गएका ३१ जनाको मृत्यु

वितेको ६ वर्षमा रामेछापबाट वैदेशिक रोजगारीमा गएका ३१ जनाको मृत्यु भएको छ । राजगारीको शिलशिलामा कामको लागी विभिन्न देश गएका ३१ जनाको मृत्यु भएको सुरक्षित आप्रवासन कार्यक्रम (सामी) का जिल्ला संयोजक दीपक केसीले बताउनुभयो । पत्रकारहरूसँग भएको अन्तरक्रिया कार्यक्रममा केसीले वैदेशिक रोजगार सम्बन्धि विविध कुराहरुको बारेमा जानकारी गराउनुभयो । ६ वर्षको अवद्यिमा १५ जना अंगभंग […]

मन्थली नगरपालिकाको १४ वटै वडा यहि जेठ २८ गते बालमैत्री घोषणा हुँदै

रामेछापको सदरमुकाम समेत रहेको मन्थली नगरपालिकाको १४ वटै वडा यहि जेठ २८ गते बालमैत्री घोषणा हुँदैछ । सबै वडाहरुको सूचक पुरा भएर जिल्ला समन्वय समितिबाट अनुगमन समेत भैसकेकाले सबै वडालाई एकैदिन बालमैत्री घोषणा गर्न लागिएको नगरपालिकाका महाशाखा प्रमुख एवं सूचना अधिकारी हेमन्त बुढाथोकीले जानकारी दिनुभयो । १४ वटै वडामा हुने कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको […]

रामेछाप नगरपालिकाको ९ वटै वडा यहि जेठ २७ गते बालमैत्री घोषणा हुँदै

रामेछापको रामेछाप नगरपालिकाको ९ वटै वडा यहि जेठ २७ गते बालमैत्री घोषणा हुँदैछ । सबै वडाहरुको सूचक पुरा भएर जिल्ला समन्वय समितिबाट अनुगमन समेत भैसकेकाले सबै वडालाई एकैदिन बालमैत्री घोषणा गर्न लागिएको नगरपालिकाका वरिष्ठ शाखा अधिकृत एवं सूचना अधिकारी होम बहादुर थापाले बताउनुभयो । ९ वटै वडामा हुने कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको थापाले बताउनुभयो […]

रामेछाप रामपुरका भूमिहीन सुकुम्बासीलाई निस्सा वितरण सुरु

रामेछापको रामेछाप नगरपालिका वडा नं ५ रामपुरका भूमिहीन सुकुम्बासीलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान गर्न सुरु गरिएको छ । भूमि समस्या समाधान आयोग जिल्ला समिति रामेछापले जिल्लामै पहिलो पटक रामपुरबाट भूमिहीन र सुकुम्बासीलाई निस्सा दिन थालेको हो । रामपुरका ३ सय १५ जना भूमिहीन र २ जना सुकुम्बासीलाइ शनिबार निस्सा वितरण गरिएको वडाअध्यक्ष हरिशचन्द्र […]

आगामी आ.व २०८२/८३ को लागि रामेछाप जिल्लाले १ अर्ब ६६ करोड रुपैयाँ बजेट पाउने

आगामी आर्थिक वर्ष २०८२/८३ को लागि रामेछाप जिल्लाले १ अर्ब ६६ करोड रुपैयाँ बजेट पाउने भएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको स्थानीय तहलाई दिने राजश्व बाँडफाँट तथा वित्तीय समानीकरणको अनुमानित विवरण अनुसार रामेछाप जिल्लाले उक्त बजेट पाउने भएका हुन् । मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार रामेछापका स्थानीय तहले १ अर्ब ६६ करोड […]

होली पर्व मार्यादित र सु–संस्कृत ढंगबाट मनाउन रामेछाप प्रशासनको आग्रह

जिल्ला प्रशासन कार्यालय रामेछापले सोमवार एक सूचना जारी गरी होली पर्व मार्यादित र सु–संस्कृत ढंगबाट मनाउन आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी राजु प्रसाद पौडेलद्वारा हस्ताक्षरीत उक्त सूचनामा यही फागुन २९ गते पहाडी जिल्लामा रंङ र खुसियाली पर्व का रुपमा मानाइने होली (फागु) पर्व को जिल्लाबासी सबैलाई शुभकामना दिँदै यो पर्व आ–आफ्नो धार्मिक,सांस्कृतिक, सामाजिक […]

रामेछाप अस्पतालमा यहि फागुन २६ गते विशेषज्ञ चिकित्सकले सेवा दिंदै

रामेछाप अस्पताल रामेछापमा हरेक महिनाको १ दिन विशेषज्ञ चिकित्सकले सेवा दिइरहेका छन । अस्पतालमा विशेषज्ञ/विशिष्टिकृत सेवा विस्तार गर्न हरेक महिनाको १ दिन विशेषज्ञ चिकित्सक सहितको ओ.पि.डी सेवा संचालन भइरहेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. केशव श्रेष्ठले बताउनुभयो । यहि फागुन २६ गते सोमबार मुटु रोग विशेषज्ञ,स्त्री रोग विशेषज्ञ,नाक कान तथा घाँटी रोग विशेषज्ञले सेवा दिनेछन […]

वडा अध्यक्षको निधनमा रामेछापको गोकुलगंगा गाउँपालिकामा आइतवार शोक बिदा

वडा अध्यक्षको निधनमा रामेछापको गोकुलगंगा गाउँपालिकामा आइतवार शोक बिदा दिएको छ । गाडी दुर्घटनामा वडा अध्यक्ष रामचन्द्र बस्नेतको निधन भएपछि गोकुलगंगा गाउँपालिकाले आइतबार(भोली) शोक बिदा दिने निर्णय गरेको छ । शुक्रवार काठमाडौँबाट गोकुलगंगा गाउँपालिका वडा नं ४ बेताली आउँदै गर्दा सोही वडाका वडाध्यक्ष रामचन्द्र बस्नेतसहित ५ जनाको घटनास्थलमै मृत्यु भएपछि पालिकाले शनिवार एक शोक पत्र […]

रामेछापको गोकुलगंगा गाउँपालिकाले लोकसेवा तयारी कक्षा संचालन गर्ने

रामेछापको गोकुलगंगा गाउँपालिकाले लोकसेवा तयारी कक्षा संचालन गर्ने भएको छ । पालिकाका नागरिकहरूका लागि लोकसेवा तयारी कक्षा संचालन गर्न लागेको गाउँपालिकाले जानकारी दिएको छ । निजामती सेवामा प्रवेश गर्ने चाहना भएर पनि आर्थिक अभावले पढ्न नसकेका गरिब, दलित, द्धन्द्धपीडित, आदिवासी, जनजाति, सीमान्तकृतलगायतका लक्षित वर्गलाई माथि उठाउन छात्रवृत्ति दिएर लोकसेवा पढाउन लागिएको गाउँपालिकाले जनाएको छ । […]