सोनाम ल्होसारको अवसरमा रामेछापको सुनापति गाउँपालिकामा २ दिन सार्वजनिक बिदा

सोनाम ल्होसारको अवसरमा रामेछापको सुनापति गाउँपालिकामा २ दिन सार्वजनिक बिदा

सोनाम ल्होसारको अवसरमा रामेछापको सुनापति गाउँपालिकाले २ दिन सार्वजनिक बिदा दिएको छ । गाउँपालिकाले तामाङ समुदायको महान् वर्ष सोनाम ल्होसार पर्व मनाउन भन्दै २ दिन बिदा दिएको हो । शनिवार तामाङ समुदायको ल्होसार पर्व परेकाले शनिवार बाहेक थप दुई दिन आइतबार र सोमबार पनि सार्वजनिक बिदा दिएको पालिकाले एक सूचना प्रकाशित गरि जानकारी दिएको हो ।

बुधवार गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत कमलबहादुर बमले सार्वजनिक बिदा सम्बन्धी एक सूचना जारी गरी यही माघ २७ गते परेको ल्होसार पर्व मनाउन २८ गते आइतबार र २९ गते सोमबार दुई दिन सार्वजनिक बिदा दिएको जानकारी गराउनुभएको छ ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत बमले जारी गर्नुभएको सूचनामा भनिएको छ – सुनापति गाउँ कार्यपालिकाको माघ २३ गते बसेको बैठकबाट माघ २७ गते शनिवारका दिन पर्न गएको २८६० औँ सोनाम ल्होसारको अवसरमा माघ २८ र २९ गते थप दुई दिन बिदा दिइएको हो ।

उक्त २ दिन गाउँपालिका अन्तरगतका सम्पूर्ण सरकारी निकाय, विद्यालय, बैङ्क तथा वित्तीय संस्थाहरूमा सार्वजनिक बिदा लागु हुनेछ । सुनापती गाउँपालिका तामाङ जातिहरुको बहुल्यता रहेको पालिका हो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार