रामेछापको दोरम्बा शैलुङ गाउँपालिकामा आइतबार स्थानीय बिदा

रामेछापको दोरम्बा शैलुङ गाउँपालिकामा आइतबार स्थानीय बिदा

रामेछापको दोरम्बा शैलुङ गाउँपालिकाले ल्होछारको अवसरमा शनिबार पनि स्थानीय बिदाको घोषणा गरेको छ ।

तामाङहरूको महान चाड सोनाम ल्होछारको अवसरमा दुई दिन बिदा दिने शुक्रबार बसेको गाउँ कार्यपालिका बैठकले निर्णय गरेको गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृत भोला पाठकले प्रकाशन गरेको सूचनामा उल्लेख छ ।

गाउँपालिकाले जारी गरेको सूचनाअनुसार शनिबार र आईतबार गाउँपालिकाको कार्यालय,वडा कार्यालय तथा शैक्षिक संस्थाहरू बन्द हुनेछ । जिल्लाकै सुनापती गाउँपालिकाले पनि सोनाम ल्होछारको अवसरमा आईतबार र सोमबार सार्वजनिक बिदा दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार