अधिकांस करार तर्फका कर्मचारीहरुलाई साउन १ गते देखि हाजिर नगर्न मन्थली नगरपालिकाको निर्देशन

अधिकांस करार तर्फका कर्मचारीहरुलाई साउन १ गते देखि हाजिर नगर्न रामेछापको मन्थली नगरपालिकाकाले निर्देशन दिएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै केहि बाहेक सवै करार तर्फका कर्मचारीहरुलाई साउन १ गते देखि हाजिर नगर्न,नगराउन निर्देशन दिएको मन्थली नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लिलाराज पौडेलले जानकारी दिनुभयो । मन्थली नगरपालिकाद्धारा जारी सुचनामा करार थप गर्ने विषयमा अर्को […]

गोलन्जोर गाउँपालिकाले करारका कर्मचारीको म्याद थप नगर्ने

सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिकाले विहिबार करारका कर्मचारीको म्याद थप नगर्ने निर्णयसहित सूचना जारी गरेको छ । गाउँपालिकाले आर्थिक वर्ष २०७९÷८० साउन १ देखि करारका कर्मचारीलाई कामकाज नगर्न अनुरोध समेत गरेको छ । गाउँपालिकाको कार्यालय, वडा कार्यालय, स्वास्थ्य चौकि लगाएतका स्थानमा करारमा कार्यरत कर्मचारीको करार सम्झौता नवीकरण नहुने सो पालिकाले जनाएको हो । कार्यालय अभिलेखमा विगतका […]

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँले घट्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको हो । बिहीबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँले मूल्य घटाउने निर्णय गरेको छ । सरकारले पूर्वाधार कर घटाउने निर्णय गरेसँगै मूल्य घटेको हो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्ताव अनुरुप मूल्य […]

रामेछापको ५ वटा स्थानिय तहको मतपरिणाम सार्वजनिक, कुन पालिकामा कसले जिते ?

वैशाख ३० गते भएको स्थानिय तहको निर्वाचनको मतपरिणाम सार्वजनिक भैरहेको छ । रामेछाप जिल्लाको ८ वटा स्थानिय तहमध्ये यो समाचार तयार पार्दासम्म ५ वटा स्थानिय तहको मत परिणाम सार्वजनिक भैसकेको छ । रामेछाप, ,लिखुतामाकोशी,गोकुलगंगा,उमाकुण्ड र सुनापती गाउँपालिकाको मतपरिणाम आइसकेको छ । खाँडादेवी,दोरम्बा शैलुङ र मन्थली नगरपालिकामा मत गणना भैरहेको छ । लगभग यि तिन पालिकामा […]

रामेछापको मतदान स्थलमा सुरक्षा व्यवस्था कडा,ढुक्क भएर मतदानमा सहभागी हुन आग्रह

भोलि हुने निर्वाचनका लागि जिल्ला प्रशासन कार्यालय रामेछापले मतदान स्थलमा सुरक्षा व्यवस्था कडा बनाएको छ । रामेछापको २५ वटा मतदान स्थललाई अति संवेदनशील वर्गको वर्गीकरण भएसँगै ती मतदानस्थलमा सुरुक्षा व्यवस्था कडा पारिएको जिल्ला निर्वाचन कार्यालय रामेछापले जानकारी दिएको छ । जिल्ला प्रशासन कार्यालयले निर्वाचन लक्षित ‘एकीकृत सुरक्षा योजना’ कार्यान्वयनमा ल्याएसँगै अति संवेदनशील र संवेदनशील केन्द्रमा […]

रामेछापमा बैशाख ३० गते अत्याअवश्यक बाहेकका सवारी आवगमनमा रोक

जिल्ला प्रशासन कार्यालय रामेछापले बैशाख ३० गते भोलिका दिन अत्याअवश्यक बाहेकका सवारी आवगमनमा रोक लगाइएको छ । प्रशासनले एक सुचना जारी गर्दै बैशाख ३० गते शुक्रबारका दिन पालिका चुनाव हुने भएकाले जिल्लामा अत्यावश्यक बाहेकका सवारी आवगमनमा रोक लगाइएको जानकारी गराएको छ । शुक्रबारका दिन स्थानीय तह निर्वाचनको मतदान हुने भएकोले आज राति १२ बजेदेखी भोलि […]

निर्वाचनको दिन यातायात बन्द,अन्तर्राष्ट्रिय सीमा नाका ७२ घण्टासम्मका लागि बन्द 

स्थानीय तहको निर्वाचन हुने दिन यही वैशाख ३० गते यातायात बन्द गर्ने निर्णय निर्वाचन आयोगले गरेको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गर्न यस्तो निर्णय गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । अत्यावश्यक सामग्री बोकेका सवारी साधन एम्बुलेन्स, खानेपानीको ट्यांकर, दूध बोक्ने सवारी साधन, दमकल, दूरसञ्चार तथा केबल […]

वैशाख २६ गतेदेखी चुनावको अन्तिम मतपरिणाम घोषणा नहुन्जेल रामेछाप नगरपालिका बन्द

यहि वैशाख २६ गतेदेखी चुनावको अन्तिम मतपरिणम घोषणा नहुन्जेलसम्म रामेछाप नगरपालिका बन्द हुने भएको छ । यहि वैशाख ३० गते सम्पन्न हुन गईरहेको स्थानीय तह सदस्य निर्वाचनका लागि नगरपालिकामा कार्यरत अधिकांश कर्मचारीहरु खटिनुपर्ने भएकाले अत्यावश्यक बाहेकका सम्पुर्ण सेवा बन्द गर्नुपरेको नगरपालिकाले जानकारी गराएको छ । वैशाख ३० गते मतदान कार्य सम्पन्न भए पश्चात मतगणना कार्य […]

रामेछापमा २५ मतदान स्थल अतिसंवेदनशील, २६ वटा मतदान स्थल संवेदनशील

रामेछापमा २५ मतदान स्थल अतिसंवेदनशील रहेको जिल्ला प्रशासन कार्यालय रामेछापले जानकारी दिएको छ । जिल्लामा २६ वटा मतदान स्थल संवेदनशील र बाँकी ४१ वटा मतदान स्थल सामान्य रहेको रामेछापका प्रमुख जिल्ला अधिकारी दिपक पहाडीले जानकारी दिनुभयोे । जिल्लाको अतिसंवेदनशील र संवेदनशील मतदान स्थलमा सुरक्षा व्यवस्था कडा परिने उहाँले बताउनुभयो । निर्वाचन सुरक्षाका लागि जिल्लामा २ […]

उम्मेद्वारलाइ डर धाक तथा धम्कि नदिन आयोगको आग्रह

निर्वाचन आयोगले उम्मेदवारको मनोनयन फिर्ता गराउन डर, धाक, धम्की नदिन र धरपकड नगर्न आग्रह गरेको छ । आज दिउँसो एक विज्ञप्ति जारी गरी आयोगले कतिपय उम्मेदवारलाई मनोनयन फिर्ता गराउन डर, धाक, धम्की, प्रलोभन र धरपकड गरेको सूचना आएको भन्दै यस्ता गतिविधि नगर्न सरोकारवालालाई आग्रह गरेको हो । आयोगले उम्मेदवारले आफूलाई फिर्ता लिन इच्छा लागेमा राजीखुसीले […]