रामेछापको मन्थलीमा रक्तदान कार्यक्रम सम्पन्न,४५ जनाले गरे रक्तदान

रामेछापको मन्थलीमा रक्तदान कार्यक्रम सम्पन्न,४५ जनाले गरे रक्तदान

रामेछापको सदरमुकाम मन्थलीमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । आज(शनिबार) बिहान देवकोटा चोकमा भएको खुल्ला रक्तदान कार्यक्रममा ४५ जनाले रक्तदान गरेका छन ।

मन्थली बचत तथा ऋण सहकारी संस्थाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाईटी रामेछाप शाखाको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरिएको हो ।

तामाकोसी सेवा समिति ,रामेछापका सहयोगी मनहरु,रामेछाप काठमाण्डौँ सृजनशिल समाज र तामाकोसी अस्पतालको आयोजनामा कार्यक्रम भएको थियो । बिरामीहरुलाई रगतको अभाव हुन नदिन रक्तदान कार्यक्रम गरिएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार