रामेछाप नगरपालिका गणतन्त्र दिवस मनाउन एकिकृत घुम्ती शिविर सहित धारापानी बसेरीमा

रामेछाप नगरपालिका गणतन्त्र दिवस मनाउन एकिकृत घुम्ती शिविर सहित धारापानी बसेरीमा

रामेछापको रामेछाप नगरपालिकाले गणतन्त्र दिवसको अवसरमा मंगलबार(आज) वडा नं ४ को विकट ठाउँ धारापनी बसेरीमा एकिकृत घुम्ती शिविर संचालन गरेको छ । नगरपालिकाका प्रमुख लबश्री न्यौपाने,उपप्रमुख बाल कुमारी कार्की,नगर प्रबक्ता समिर कार्की सहित नगरको टिम नै घुम्ती सेवा शिविर लिएर धारापनी बसेरी पुगेको हो ।

घुम्ती सेवा शिविरमा स्वास्थ्य,कृषि,पशु,जेष्ठ नागरीक परिचय पत्र वितरण लगाएतको विभिन्न सेवाहरु प्रदान गरिएको हो । घुम्ती शिविरमा स्वास्थ्य तर्फ १ सय ३८ जनाले सेवा लिएका छन । स्वास्थ्य सेवा तर्फ भिडियो एक्सरे,स्वास्थ्य परीक्षण र ५ जना सुत्केरी महिलालाई सुत्केरी कोसेली झोला समेत वितरण गरिएको हो । सुत्केरी कोसेली झोलामा घिउ,तेल र नवजात शिशुका लागी आवश्यक पर्ने विभिन्न समाग्रीहरु रहेका छन ।

रामेछाप नगरपालिकाका प्रशासन शाखा प्रमुख नारायण सुवेदीका अनुसार कृषि सेवा तर्फ १ सय ९० जना कृषकहरुले सेवा लिएका छन । पशु सेवा तर्फ २ सय १२ वटा गाई गोरु,१६ सय ५२ वटा बाख्रा,१ सय २२ वटा भैँसी र २ हजार ५२ वटा कुखुराहरुको लागी आवश्यक औषधि वितरण गरिएको हो । १५ वटा कुकुरलाई रेविज रोग विरुद्धको खोप लगाइएको छ भने २२ जना कृषकले आफुले पालेको गाई भैँसीको गोबर परीक्षण गराएका छन ।

प्रशासन शाखा प्रमुख सुवेदीका अनुसार ३५ जना जेष्ठ नागरीकले जेष्ठ नागरीक परिचय पत्र बनाएका छन । गणतन्त्र दिवसको दिन नगरपालिकाको टिम नै आफ्नो गाउँमा आएर सबै सेवाहरु दिएको भन्दै नागरीकहरु पनि खुशी भएका छन । नगरपालिकाले भौगोलिक रुपमा टाढा रहेका विभिन्न टोल बस्तीमा गएर समयसमयमा एकिकृत घुम्ती शिविर संचालन गर्दै आएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार