रामेछाप बजार अनुगमन,आजभोली उपभोक्तासँगै व्यवसायिहरु पनि सचेत

रामेछाप बजार अनुगमन,आजभोली उपभोक्तासँगै व्यवसायिहरु पनि सचेत

रामेछाप नगरपालिकाले बजार अनुगमन गरेको छ । रामेछाप नगरपालिकाको केन्द्र समेत रहेको जिल्लाको पुरानो सदरमुकाम रामेछाप बजारको अनुगमन गरिएको हो । शुक्रबार बजार क्षेत्रमा रहेका खाद्यान्न,मासु,किराना,कस्मेटिक तथा अन्य विभिन्न पसलहरुको अनुगमन गरिएको अनुगमन समितिका संयोजक नारायण सुवेदीले बताउनुभयो ।

बजारमा दिनप्रतिदिन भइरहेको अस्वभाविक मूल्यवृद्वि नियन्त्रण गरी बजारलाई स्वच्छ, प्रतिस्पर्धी र सुपथ बनाउनको लागि बजार अनुगमन गरिएको हो । बजार क्षेत्रमा रहेका २० भन्दा बढी पसलहरुको अनुगमनको क्रममा केही पसलहरुबाट थोरै मात्रामा उपभोग्य मिति सकिएका खाद्य वस्तु जफत गरिएको छ । उक्त जफत गरिएको समानहरु नष्ट गरिने नगरपालिका राजश्व,उद्योग तथा सहकारी शाखा प्रमुख हरिभगत श्रेष्ठले जानकारी दिनुभयो ।

धेरै ठाउँहरुमा चाडपर्व लक्षित बजार अनुगन हुने गरेको भएपनि रामेछाप नगरपालिकाले भने उपभोक्ताको गुनासो अनुसार समयम सयमा बजार अनुगमन गर्ने गरेको छ । उपभोक्ता मात्रै नभएर व्यवसायीहरु पनि समय समयमा बजार अनुगमन हुँदा खुशी छन । बजार अनुगमनको क्रममा केही पसलहरुमा मुल्यसुची नराखिएका,साईन बोर्ड नराखिएका तथा बिना इजाजत व्यवसाय सञ्चालन गरिरहेको पाइएकाले तत्काल ति कुराहरुको सुधार गर्न निर्देशन दिइएको छ। आजभोली उपभोक्तासँगै व्यवसायिहरु पनि सचेत भएकाले अनुगमनका क्रममा गम्भिर त्रुटीहरु नभेटिएको नगपालिकाले जनाएको छ ।

अनुगमनको क्रममा यि पसलहरुमा भेटिए यस्ता सामानहरु : 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार