रामेछापको खाँडादेवीमा कार दुर्घटना हुँदा ३ जना घाइते

रामेछापको खाँडादेवीमा कार दुर्घटना हुँदा ३ जना घाइते

रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका वडा नं.१ माझिटोल स्थित मध्य पहाडी लोकमार्ग भित्री सडक खण्डमा कार दुर्घटना हुँदा ३ जना घाईते भएका छन् ।  नेपालथोक तर्फबाट लुभुघाटतर्फ आउदै गरेको बा १८ च ६८५३ नं.को सुजुकी कार अचानक अनियन्त्रित भई सडकबाट खस्दा दुर्घटना भएको हो ।

सडकबाट करिव ४० मिटर तल खसेर कार दुर्घटना हुदा काभ्रे जिल्ला पनौती नगरपालिका वडा नं. ५ बस्ने कार चालक बिनोद श्रेष्ठ, सोही स्थान बस्ने कुमार तामाङ र कुमारको छोरा सलिन तामाङ घाईते भएका हुन् ।

कार चालक श्रेष्ठको अवस्था मध्यम रहेको र बाँकी सवार २ जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार