रामेछापको रामेछाप नगरपालिकाको जम्मा बजेट खर्च ५९.४७ प्रतिशत

रामेछापको रामेछाप नगरपालिकाको जम्मा बजेट खर्च ५९.४७ प्रतिशत

रामेछापको रामेछाप नगरपालिकाको जम्मा बजेट खर्च ५९.४७ प्रतिशत रहेको छ । नगरपालिकाले चालू आर्थिक वर्ष २०८०/८१ को हालसम्म यति रकम खर्च गरेको जनाएको छ । चालू तर्फ ५१ करोड २६ लाख १२ हजार १ सय ३० रुपैया ३२ पैसा र पुँजीगत तर्फ २४ करोड ६९ लाख ८५ हजार ५ सय ११ रुपैया ३४ पैसा गरी जम्मा बजेट ७५ करोड ९५ लाख ९७ हजार ६ सय ४१ रहेकोमा १० महिनाको अबद्यिमा ४५ करोड १७ लाख ७३ हजार ३ सय १८ रुपैयाँ ९४ पैसा अर्थात ५९.४७ प्रतिशत खर्च भएको हो ।

चालू तर्फ ३३ करोड ६४ लाख ८१ हजार ९ सय २७ रुपैया २८ पैसा अर्थात ६५.६४ प्रतिशत खर्च भएको छ भने पुँजीगत तर्फ ११ करोड ५२ लाख ९१ हजार ३ सय ९१ रुपैया ६६ पैसा अर्थात ४६.६८ प्रतिशत खर्च भएको हो ।
नगरपालिकामा संचालित विकास आयोजना तथा कार्यक्रमहरुको प्रभावकारीता तथा सेवा प्रवाहको अवस्था विषयक सार्वजनिक सुनुवाई कार्यक्रममा उक्त कुराको जानकारी गराइएको हो ।

सार्वजनिक सुनुवाई कार्यक्रममा नगरपालिकाका सूचना अधिकारी एवं वरिष्ठ शाखा अधिकृत होम बहादुर थापाले नगरको दोस्रो चौमासिक अबद्यिसम्म भएको कामहरुको बारेमा जानकारी गराउनुभयो ।

उहाँले यहि साउनदेखी हालसम्म नगरपालिका मार्फत संस्थागत विकास तथा सुशासनको क्षेत्रमा भएका कामहरु,आर्थिक विकास,समाजिक विकास,पूर्वाधार विकास आयोजना, विपद व्यवस्थापन र न्यायिक समिति मार्फत भएको प्रगति लगायत विभिन्न क्षेत्रमा भएको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो ।

सार्वजनिक सुनुवाईमा प्रगति प्रतिवेदन प्रस्तुत पछि कार्यक्रममा सहभागी नागरीकहरुले प्रश्न,जिज्ञासा सहित सुझाव सल्लाह दिएका थिए । नागरीकले शिक्षा,स्वास्थ्य,कृषि,सडक,पशुपालन र खानेपानी क्षेत्रसँग सम्बन्धित प्रश्न गरेका थिए ।
नागरीकहरुले सोधेको प्रश्नको जवाफ रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपाने,उपप्रमुख बाल कुमारी कार्की,प्रमुख प्रशासकिय अधिकृत मित्र प्रसार घिमिरे,नगर प्रबक्ता समिर कार्की र सम्बन्धित वडाका वडाअध्यक्षले दिनुभयो ।

उक्त कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष बद्रि नयाँघरे,नेकपा एसका नगर ईन्चार्ज ढाल विक्रम काकी,माओवादी केन्द्रका नगर अध्यक्ष मोतिलाल तामाङ्ग,नेकपा एमालेका नगर अध्यक्ष रोशन पाख्रिन र नेपाली कांग्रेसका नगर सचिव सुशिलहरी बख्रेलले नगरपालिकालाई विभिन्न सुझाव सहितको मन्तव्य राख्नुभयो । उहाँहरुले नगरले गर्ने हरेक कामहरु निस्पक्ष र पार्दर्शी हुनुपर्ने बताउनुभयो ।

रामेछाप नगरपालिका वडा नं ५ रामपुरमा भएको सार्वजनिक सुनुवाइ कार्यक्रमको सहजीकरण हजुरको रेडियोले गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार