जुनार कृषकका लागी उत्पादन र बजारीकरण सम्बन्धि तालिम सुरु

जुनार कृषकका लागी उत्पादन र बजारीकरण सम्बन्धि तालिम सुरु

रामेछापको रामेछाप नगरपालिकामा जुनार कृषकका लागी जुनार उत्पादन र बजारीकरण सम्बन्धि तालिम आजदेखी सुरु भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना,परियोजना कार्यान्वयन इकाइ रामेछापको आयोजनामा तालिम सुरु भएको हो ।

तालिममा रामेछाप र मन्थली नगरपालिकाका जुनार खेती गर्ने कृषकहरुको सहभागीता रहेको छ । ३ दिनसम्म संचालन हुने तालिममा जुनारको विरुवा रोपेदेखी दाना फलेर टिप्ने बेलासम्मको सबै कुराहरु सिकाइने परियोजना कार्यान्वयन इकाइ रामेछापका प्रमुख थिरलाल गैरेले बताउनुभयो । तालिममा जुनारको बजारीकरण सम्बन्धि धेरै कुराहरु सिकाइने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार