रामेछाप नगरपालिकाका जनप्रतिनिधी र स्थानियले गणेश हिमाल तराइ र अरनिको बस रोके

रामेछाप नगरपालिकाका जनप्रतिनिधी र स्थानियले गणेश हिमाल तराइ र अरनिको बस रोके

रामेछापको रामेछाप नगरपालिकाका केही जनप्रतिनिधि र बजारका स्थानियहरुले शनिबार(आज) बिहानै काठमाण्डौँ हिँडेको बसलाई रोकेका छन । रामेछाप नगरपालिकाको विभिन्न ठाउँका यात्रुहरु लिएर काठमाण्डौँ तर्फ हिँडेको गणेश हिमाल तराइ यातायात र अरनिको यातायातको ४ वटा बस १ घण्टा रामेछाप बजारमा रोकिएका हुन ।

रामेछाप नगरपालिका १ का स्थानिय कृष्ण कार्कीले गोठगाउँ,देउराली,साँघुटार र हिमगंगामा यि समितिहरुले बस सेवा संचालन गर्ने भनेको लामो समय भइसक्दा समेत बस संचालन नगरेको बताउनुभयो । रामेछाप जिल्लाको पुरानो सदरमुकाम समेत रहेको रामेछाप बजार हुँदै छुटने बसहरु एकै समयमा यहाँबाट छुटने गरेका छन । यि दुई यातायातको गाडीको प्रतिस्पर्धाले यात्रुलाई सास्ती दिने गरेको छ ।

बिहान ८ बजे अघि नै सबै गाडीहरु सदरमुकाम मन्थली जाने यात्रुलाई समेत नहालेर तिव्र गतिमा काठमाण्डौँ जाने गरेका छन । यसले यहाँका स्थानियलाई गाडी नपाउने समस्याले पिरोलेको रामेछाप नगरपालिका ५ का स्थानिय पूर्णमाया श्रेष्ठले बताउनुभयो । अरनिको यातायात र गणेश हिमाल तराई यातायातको बसको गति रामेछाप बजारमा तिव्र हुने गरेको स्थानियको गुनासो छ । रामेछाप बजार हुँदै चल्ने बसहरुले यात्रुसँग पनि बढी भाडा लिने गरेका छन ।

कुन कुन समयमा गाडी छुटने हो भन्ने समय तालिका नभएकाले पनि स्थानियले भनेको समयमा गाडी नपाउने समस्या रहेको रामेछाप नगरपालिका ८ का वडाअध्यक्ष सन्तोष कुमार तामाङ्गले बताउनुभयो । नागरीकलाई सेवा दिने उद्धेश्य सहित बस सेवा संचालन गर्दै आएका गणेश हिमाल तराइ र अरनिको यातायात समितिले प्रतिस्पर्धा भन्दा पनि नियमित सेवा र समय तालिका बनाएर बस संचालन गर्नुपर्ने उहाँको भनाई छ ।

रामेछाप नगरपालिकाले वडा नं १,२,३ र ४ नम्बरका नागरीकलाई सेवा दिने गरी बस सेवा संचालन गर्न गणेश हिमाल तराई र अरनिको यातायात समितिसँग बारम्बार बैठक बस्दा पनि यि क्षेत्रहरुमा नियमित बस सेवा संचालन हुन सकेको छैन । यो क्षेत्रमा चल्ने सबै बसले एउटै ठाउँमा बस सेवा संचालन गर्दा अस्वस्थ प्रतिस्पर्धा सृजना भएको रामेछाप नगरपालिकाका प्रबक्ता समिर कार्कीले बताउनुभयो । दुबै समितिका अध्यक्षहरुलाई छलफलका लागी आईतबार नगरपालिकाकामा बोलाइएको प्रबक्ता कार्कीले बताउनुभयो । अबको दिनहरुमा पनि यहाँ संचालनमा रहेका बसहरुले सेवामा सुधार नगरे चरणबद्ध रुपमा आन्दोलनमा उत्रने यहाँका नागरीहरुले चेतावनी दिएका छन ।

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार