सुनको सिक्री लुट्ने रामेछाप लिखुतामाकोशीका एक सहित गिरोह नै पक्राउ
काठमाण्डौमा महिलाहरूको सुनको सिक्री लुट्ने रामेछापका एक सहित गिरोह नै पक्राउ परेका छन । ’मर्निङ वाक’ मा निस्किने महिलाहरूलाई सुनियोजित ढङ्गले पछ्याएर सिक्री लुट्ने पाँच जनाको गिरोहलाई काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो । उनीहरूले २० दिनमा आठ जना महिलाको सिक्री लुटेका कार्यालयका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक मनोजकुमार केसीले जानकारी दिनुभयो । […]