रामेछापमा कोरोना संक्रमितको संख्या २७० पुग्यो, २५ जना क्वारेन्टिनमा

रामेछाप जिल्लामा कोरोना संक्रमितको संख्या २७० पुगेको छ । रामेछाप जिल्लाबाटै पिसिआर परीक्षणका लागी पठाइएका १ सय ४१ जनामा कोरोना पुष्टि भएको छ भने जिल्ला बाहिर स्वाब परीक्षण गरिएका तर रामेछाप स्थायी घर भएका १ सय २९ जनामा गरी २ सय ७० जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । जिल्लामा आजसम्म […]

रामेछाप मन्थलीका थप ४ जनामा कोरोना संक्रमण पुष्टि

रामेछाप जिल्लाका थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्थली नगरपालिकाबाट यहि असोज २३ गते पिसिआर परीक्षणका लागी प्रादेशिक जनस्वास्थ्य ल्याब धुलिखेलमा पठाइएको ४३ जनाको स्वाबमा ४ जनालाई कोरोनो संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । कोरोना संक्रमण हुनेहरुमा राष्टिय वाणिज्य बैँक मन्थलीमा कार्यारत ३ जना कर्मचारी र मन्थली वचतमा […]

वाग्मती प्रदेशको कोरोना खर्च ४८ करोड २८ लाख

वाग्मती प्रदेश सरकारले कोरोना नियन्त्रणका लागि हालसम्म ४८ करोड २८ लाख रुपैयाँ खर्च गरेको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयमार्फत पुँजीगत र चालु गरी ३४ करोड ६१ लाख रुपैयाँ खर्च गरिएको छ । मन्त्रालयले १३ करोड ६७ लाख रुपैयाँ स्थानीय तहहरुलाई निकासा गरेको छ । मन्त्रालयले गत असार मसान्तसम्ममा १८ करोड ८० लाख रुपैयाँ खर्च […]

रामेछापमा कोरोना संक्रमितको संख्या २६३ पुग्यो, ११२ जनाको रिपोर्ट आउन बाँकी

रामेछाप जिल्लामा कोरोना संक्रमितको संख्या २ सय ६३ पुगेको छ । जिल्लाबाटै पिसिआर परीक्षणका लागी पठाइएका १ सय ३७ जनामा कोरोना पुष्टि भएको छ भने जिल्ला बाहिर स्वाब परीक्षण गरिएका तर रामेछाप स्थायी घर भएका १ सय २६ जनामा गरी २ सय ६३ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । जिल्लामा […]

रामेछाप जिल्लाका थप ३ जनामा कोरोना संक्रमण पुष्टि

रामेछाप जिल्लाका थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पतालबाट असोज २६ गते पिसिआर परीक्षणका लागी पठाइएको ९९ जनाको स्वाबमध्ये ३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । कोरोना संक्रमित हुनेहरुमा जिल्ला अस्पताल रामेछापका वर्ष ४८ का एक पुरुष कर्मचारी , मन्थली नगरपालिका वडा नम्बर ६ का […]

जग्गा कित्ताकाट खुला गर्नेसम्बन्धी कुनैपनि निर्णय कार्यान्वयन नगराउन सरकारलाई संसदीय समितिको निर्देशन

संसदको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले भूउपयोग ऐन, २०७६ कार्यान्वयन नहुँदासम्म कित्ताकाट खुला गर्नेसम्बन्धी कुनैपनि निर्णय कार्यान्वयन नगराउन निर्देशन दिएको छ । समितिको हिजो बसेको बैठकले तत्काल नियमावली बनाएर ऐन कार्यान्वयन गर्दासम्म कित्ताकाटसम्बन्धी कुनैपनि निर्णय कार्यान्वयन नगर्न भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई निर्देशन दिएको हो । समिति सभापति रामनारायण विडारीले ‘कित्ताकाटसम्बन्धी कुनैपनि […]

आरटी पिसिआर परीक्षण गर्दा शुल्क नलिन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले कोरोना भाइरस सङ्क्रमण पत्ता लगाउन गरिने आरटी पिसिआर परीक्षण निःशुल्क गर्न सरकारलाई आदेश दिएको छ ।न्यायाधीश डा. आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तानको संयुक्त इजलासले असोज १५ गते गरेको फैसलाको हालै प्राप्त पूर्णपाठमा कुनै पनि बाहनामा पिसिआर परीक्षणमा शुल्क नलिन आदेश जारी गरेको हो । हाल सरकारले लक्षण वा चिह्न भएका कोभिड १९ को […]

सार्वजनिक यातायातमा आधा यात्रु मात्रै राख्न पाइने, बढाइएको ५० प्रतिशत घटाइायो

सरकारले सिट क्षमताको आधा मात्र यात्रु राख्ने प्रावधानलाई यथावत् राख्दै सार्वजनिक यातायातको भाडाघटाएको छ । सोमबारको मन्त्रिपरिषद्को निर्णयले बन्दाबन्दीपछि वृद्धि गरिएको ५० प्रतिशत भाडा घटाएर पूर्ववत् भाडा नै कायम गरेको हो । यससँगै डेढीले भाडा बढेकामा अब सामान्य अवस्थामा आउने भएको छ । तथापि सो निर्णयलाई सरकारले औपचारिक रूपमा सार्वजनिक भने गरेको छैन । असोज […]

कोरोना संक्रमण देखिएपछि मन्थली नगरपालिका ५ दिनका लागी बन्द

रामेछाप जिल्लाको मन्थली नगरपालिका ५ दिनका लागी बन्द गरिएको छ । नगरपालिकाका केहि कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि नगरपालिकाबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सम्पुर्ण सेवाहरु बन्द गरिएको नगरपालिकाले एक सुचना प्रकाशित गरी जानकारी गराएको छ । मन्थली नगरपालिकाका प्रमुख रमेश कुमार बस्नेतद्धारा जारी सुचनामा आजदेखि कातिक २ गतेसम्म मन्थली नगरपालिका र वडा नम्बर ८ वडाकार्यालयबाट […]

नेपालमा थप ३ हजार ५ सय ५६ मा कोरोना भाइरसको सङ्क्रमण

नेपालमा थप ३ हजार ५ सय ५६ जनामा नोबेल कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा यो संख्यामा सङ्क्रमित थपिएका हुन् । योसँगै नेपालमा जम्मा सङ्क्रमितको संख्या एक लाख १५ हजार ३ सय ५८ पुगेको छ ।मन्त्रालयले पछिल्लो २४ घण्टामा १ हजार ५ सय ३ जना कोरोनामुक्त […]