रामेछापका स्थानीयतहले आज नीति,कार्यक्रम र बजेट प्रस्तुत गदै

रामेछापका स्थानीयतहले आज नीति,कार्यक्रम र बजेट प्रस्तुत गदै

स्थानीय तहहरूले आज आगामी आर्थिक वर्ष २०७८÷७९ को नीति,कार्यक्रम र बजेट प्रस्तुत गर्दैछन् । अन्तरसरकारी वित्तव्यवस्थापन ऐन र स्थानीय सरकार सञ्चालन ऐनमा सबै स्थानीय सरकारले असार १० गतेभित्रआगामीवर्षको नीति, कार्यक्रम र बजेट नगरसभा तथा गाउँसभामा पेस गर्नुपर्ने कानुनी व्यवस्था छ ।

सोही अनुरुप आज अधिकांश स्थानीयतहले बजेट र कार्यक्रम प्रस्तुतगर्न लागेकाहुन् । कतिपय स्थानीयतहले भने असार १० गतेअघि नै नीति, कार्यक्रम र बजेट सभामा पेस गरिसकेका छन् ।

यता रामेछापका ७ वटा स्थानीय तहले आज नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्दै छन । गोकुलगंगा गाउँपालिकाले भने नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरिसकेको छ । स्थानिय तहहरुले आगामी आर्थिक बर्ष कृषि र स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर आज बजेट ल्याउने जनाएका छन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार