प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत रामेछापले ८ करोड ३० लाख बजेट पायो

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत रामेछापले ८ करोड ३० लाख बजेट पायो

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत रामेछाप जिल्लाले ८ करोड ३० लाख बजेट पाएको छ । रामेछापका ८ वटै स्थानीय तहलाई प्रधानमन्त्री रोजगार कार्यक्रमले आगामी आर्थिक वर्षका लागि ८ करोड ३० लाख ९८ हजार रुपैयाँ बजेट विनियोजन गरेको हो । विनियोजित रकम ससर्त अनुदान हो ।

यो अनुदानबाट जिल्लामा कुल १ हजार ३६४ जनालाई रोजगारी प्रदान गरिने लक्ष्य राखिएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमले सबैभन्दा बढी गोकुलगंगा गाउँपालिकालाई बजेट दिएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत गोकुलगंगा गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि २ करोड ६ लाख ३२ हजार रुपैयाँ ससर्त अनुदान पाएको छ ।

त्यसपछि सबैभन्दा बढी रकम पाउनेमा खाँडादेवी गाउँपालिका रहेको छ । खाँडादेवीले यो कार्यक्रमका लागि १ करोड ४९ लाख २६ हजार रुपैयाँ पाएको छ । यसपछि सबैभन्दा बढी अनुदान पाउनेको तेस्रो नम्बरमा मन्थली नगरपालिका रहेको छ ।

मन्थली नगरपालिकाले १ करोड ३२ लाख ९९ हजार रुपैयाँ पाउँदा उमाकुण्ड गाउँपालिकाले १ करोड १५ लाख ३७ हजार, रामेछाप नगरपालिकाले १ करोड १२, दोरम्बा गाउँपालिकाले ५७ लाख ४९ हजार र सुनापती गाउँपालिकाले ५६ लाख ५३ हजार रुपैयाँ अनुदान पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार