वाग्मती प्रदेशले कोरोना सङ्क्रमितको निःशुल्क उपचारलाई निरन्तरता दिने

वाग्मती प्रदेश सरकारले कोरोना सङ्क्रमितको निःशुल्क उपचारलाई निरन्तरता दिने जनाएको छ । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको सचिवालयले प्रदेश सरकार मातहतका सबै अस्पतालमा कोभिड १९ को निःशुल्क उपचार भइरहेको जनाएको छ । प्रदेश सरकारको मातहतमा रहेका मकवानपुरको हेटौंडा अस्पताल, सिन्धुलीको जिल्ला अस्पताल, रामेछापको जिल्ला अस्पताल, धादिङको जिल्ला अस्पताल, रसुवाको जिल्ला अस्पताल, भक्तपुरको जिल्ला अस्पताल, नुवाकोटको […]

रामपुरमा घर घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण

चाडपर्वलाई लक्षित गर्दै रामेछाप नगरपालिका वडा नम्बर ५ रामपुरले घरघरमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । लामो समयको लकडाउन र अहिले नजिँदो चाडपर्वलाई लक्षित गर्दै घरघरमा पुगेर समाजिक सुरक्षा भक्त वितरण गरिएको वडाअध्यक्ष भिम बहादुर तामाङले बताउनुभयो । दशैँको चहलपहल सुरु भईसकेको अवस्थामा सामाजिक सुरक्षा भत्ता पाउन योग्य नागरीकहरुलाई चाडपर्व मनाउन सहयोग पुगोस […]

धुलिखेल अस्पतालमा कोरोना सङ्क्रमितको उपचारमा लाग्ने खर्च निर्धारण

सरकारले कार्तिक २ गतेदेखि कारोनाभाईरसबाट सङ्क्रमितआफैंले उपचार खर्च बेहोर्नुपर्ने प्रावधान ल्याएपछि कोरोना सङ्क्रमितको उपचार गर्दै आएका अस्पतालहरूले धमाधमखर्च निर्धारण गरिरहेका छन् । काभ्रे जिल्लाको धुलिखेल अस्पतालले पनि एक सूचनाजारी गर्दै कोरोनाबाट सङ्क्रमितभएकाहरुलाई दैनिक रुपमालाग्ने उपचार खर्चको विवरण सार्वजनिक गरेको छ । अबकोरोना सङ्क्रमितले धुलिखेल अस्पतालमा भर्ना हुनुभन्दा अगाडि नै अस्पतालको नगदशाखामा ५० हजार देखि २ […]

पूर्वसञ्चारमन्त्री बाँस्कोटामाथि छानबिनका लागि पर्याप्त प्रमाण नपुगेको अख्तियारको जवाफ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटामाथि थप छानबिन गर्नका लागि पर्याप्त प्रमाण नभएको बताएको छ। संसदको सार्वजनिक लेखा समितिलाई पठाएको पत्रमा अख्तियारले सेक्युरिटी प्रेस खरिद प्रकरणमा ७० करोड घुसको डिल गरेको आरोप लागेका पूर्वसञ्चारमन्त्री एवं नेकपा सांसद बाँस्कोटालाई उन्मुक्ति दिन लागेको संकेत गरेको छ । प्रकरणमा संलग्न भनिएका विजयप्रसाद मिश्रको अडियो र भिडियो पूर्ण […]

कोरोना सङ्क्रमितको उपचार र शव व्यवस्थापनबाट सरकार पछि हट्नु हुँदैनः मानवअधिकार आयोग

राष्ट्रिय मानव अधिकार आयोगले कोरोना संक्रमणको उपचार सम्बन्धी सरकारले गरेको व्यवस्था संविधान विपरित रहेको बताएको छ । आयोगले आज एक विज्ञप्ति जारी गर्दै कोभिड–१९ का बिरामीहरुको उपचार खर्च नव्यहोर्ने र होम आइसोलेसनमा मृत्यु हुनेको शव व्यवस्थापन नगर्ने सरकारको निर्णय संविधानविपरीत भएको बताएको हो । संविधान तथा ऐनका व्यवस्था विपरीत कोभिड–१९ जस्तो विश्वव्यापी महामारीबाट आक्रान्त नागरिकको […]

देशमा आज थप ३ हजार ९३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

नेपालमा कोरोना भाइरसका कारण सङ्क्रमितको हुनेको संख्या एक लाख ३९ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित कोभिड–१९ सम्बन्धी जानकारी दिने क्रममा पछिल्लो २४ घन्टामा थप ३ हजार ९३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको बताएको हो । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले गत २४ घन्टामा १३ हजार ८ सय ६१ पिसिआर परीक्षण […]

खिजीदेम्बाका सबै सामुदायिक बिध्यालयमा ईन्टरनेट जडान

बिध्यार्थीहरुलाई बैकल्पीक माध्यामद्धरा पठनपाठनमा सहजता गराउनका लागी खिजीदेम्बा गाँउपालिकाले आधारभुत तह र माध्यमिक तहका बिध्यालयहरुमा ईन्टरनेट सेवाबिस्तार गरेको छ । गाँउपालिकाले पालिकामा रहेका ८ वटा आधारभुततह (० देखि ८) र ७ वटा माध्यमिक तहका बिध्यालयमा ईन्टरनेट सेवा बिस्तार गरेको हो । पालिका भरि बिभिन्न तहका गरि जम्मा ३९ वटा बिध्यालय रहेकोमा आधारभुत तहका (० देखि […]

रामेछापका १८४ जनाको रिपोर्ट आउन बाँकी, ५ जना क्वारेन्टिनमा

रामेछाप जिल्लामा आजसम्म २२ सय ५५ जनाको पीसीआर विधिबाट कोरोना भाइरस कोभिड १९ को परीक्षण गरिएको छ । यि मध्ये १९ सय २९ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने १ सय ४२ जनाको रिपोर्ट पोजेटिभ आएको छ । अझै १ सय ८४ जनाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । उनिहरुको […]

सुकाजोरमा घर घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण

दशैँलाई लक्षित गर्दै रामेछाप नगरपालिका वडा नम्बर ७ सुकाजोरले घरघरमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । लामो समयको लकडाउन र अहिले दशैँलाई लक्षित गर्दै घरघरमा पुगेर समाजिक स्ुरक्षा भक्त वितरण गरिएको वडाअध्यक्ष समिर कार्कीले बताउनुभयो । दशैँको चहलपहल सुरु भईसकेको अवस्थामा सामाजिक सुरक्षा भत्ता पाउन योग्य नागरीकहरुलाई चाडपर्व मनाउन सहयोग पुगोस भन्ने उद्धेश्यका […]

रामेछाप नगरपालिकाद्धारा बजार अनुगमन

रामेछाप जिल्लाको रामेछाप नगरपालिकाले बजार अनुगमन गरेको छ । चाडपर्वलाई मध्यनजर गर्दै नगरपालिकाको मुख्य बजार पुरानो सदरमुकाम समेत रहेको रामेछाप बजारका विभिन्न पसल, व्यावसाय, औषधी , होटल , हार्डवेयर पसल लगायतको पसलहरुको अनुगमन गरेको हो । रामेछाप नगरपालिकाका प्रशासन शाखा प्रमुख नारायण सु्वेदीको नेतृत्वमा भएको बजार अनुगमनका क्रममा केहि पसलहरु नगरपालिकामा दर्ता नभएको, दर्ता गरेपनि […]