मन्थली नगरपालिकाले सार्वजनीक गर्यो १ अर्ब ७ करोड ८५ लाखको बजेट

मन्थली नगरपालिकाले सार्वजनीक गर्यो १ अर्ब ७ करोड ८५ लाखको बजेट

रामेछापको मन्थली नगरपालिकाले आर्थिक बर्ष ०७८÷०७९ को लागी १ अर्ब ७ करोड ८५ लाख ३८ हजार ८ सय ५२ रुपयाँको बजेट सार्वजनीक गरेको छ । बिहिबार नगरपालिकाले आन्तरिक चालु तर्फ ९.८८ प्रतिशत शसर्त तर्फ ५३.७ प्रतिशत र ससर्त निसर्थ आयोजना तथा कार्यक्रम तर्फ पुजिगत समेतको लागी ३६.४२ प्रतिशत बजेट सार्वजनीक गरेको हो ।

नगरपालिकाका उपप्रमुख माया कार्कीले आज नवौं नगरसभा मार्फत आन्तरिक चालु तर्फ १० करोड ६६ लाख ४ हजार, ससर्त तर्फ ५७ करोड ९१ लाख ६४ हजार ससर्त निसर्थ आयोजना तथा कार्यक्रम तर्फ पुजिगत समेतको लागी ३९ करोड २७ लाख ७० हजार ८ सय ७२ बिनियोजन गरेको बताइन ।

नगरपालिकाले नेपाल सरकार बाट प्राप्तहुने संघिय वित्तिय समिकरण मार्फत २० करोड ३० लाख,प्रदेश वित्तिय समिकरण मार्फत १ करोड ८२ लाख ५२ हजार, प्रदेश राजश्व वाँडफडँ (सवारी साधन कर) ४ करोड १२ लाख १८ हजार ८ सय ७२, राजश्व वाँडफाडँ संघ बाट १० करोड ६६ लाख ४ हजार, संकलन हुने प्रक्षेपण गरेको छ ।

त्यस्तै आन्तरिक स्रोत मार्फत ३ करोड २० लाख, ससर्त अनुदान संघ बाट ३८ करोड २७ लाख, ससर्त अनुदान प्रदेश बाट २ करोड ४९ लाख ६४ हजार, संघ विशेष अनुदान मार्फत ८३ लाख, प्रदेश समपुरक कोष मार्फत ३ करोड, प्रदेश विशेष अनुदान मार्फत ६० लाख, सडक बोर्ड, सामाजिक सुरक्षा भत्ता १७ करोड, गरिब संग विशेश्वर कार्यक्रम ५ लाख फलफुल तथा तरकारी मुल्य श्रृंखला बिकास आयोजना मार्फत १० लाख , संचित कोष मार्फत ५ करोड १० लाख संकलन हुने प्रक्षेपण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार