रामेछाप नगरपालिकाले सार्वजनिक गर्यो ६३ करोड १९ लाखको बजेट

रामेछाप नगरपालिकाले सार्वजनिक गर्यो ६३ करोड १९ लाखको बजेट

रामेछाप जिल्लाको रामेछाप नगरपालिकाले ६३ करोड १९ लाख ४४ हजार ६ सय ६५ रुपैयाँ ५२ पैसा बजेट सार्वजनिक गरेको छ । नगरपालिकाले बजेटमा शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन लगाएतलाई मुख्य प्राथमिकतामा राखेर बजेट सार्वजनिक गरेको छ । आगामी आर्थिक वर्षको निति,कार्यक्रम तथा बजेट नगरपालिकाका उपप्रमुख सृजना खड्काले प्रस्तुत गर्नुभयो । नगरपालिकाले आव ७७,७८ मा चालु तर्फ ६७ प्रतिशत र पुँजिगत तर्फ ५४ प्रतिशत तथा कुल बजेटमा ६२ प्रतिशत प्रगति हासिल गरेको छ । नगरपालिकाले स्वास्थ्यकर्मीलाई प्रोत्साहन भक्ता,उत्कृष्ट कृषक पहिचान र पुरस्कार, एक घर एक पशु विमा कार्यक्रलाई निरन्तरता,स्त्केरी गाई भैँसीलाई प्रोत्साहन भक्ता,स्थानिय सन्चार माध्यमलाई प्रवद्र्धन परिचालन गर्नका लागी आवश्कय बजेट विनियोजन गर्ने लगायतका महत्वकांक्षि योजना अगाडी सारेको छ ।

रामेछाप नगरपालिकाको आर्थिक वर्ष २०७८÷७९ को वार्षिक नीति, कार्यक्रम तथा बजेटका प्राथमिकताहरु

महामारी नियन्त्रण तथा प्रकोप व्यवस्थापनका कार्यलाई उच्च प्राथमिकतामा लिई नागरीकको स्वास्थ्य उपचारको सेवा प्रवाह गरिने।
गत विगत वर्ष देखी संचालन भएका क्रमागत योजनाहरु सम्पन्न गर्ने ।
नगर गौरवको योजनाको निर्माण कार्य निरन्तरता दिने ।
पर्यटकिय प्रवर्धनकालागि भालुखोप भ्यू टावरको निर्माण सम्पन्न गर्ने ।
खेलकुद प्रवर्धनकालागि निर्माण हुदै गरेको कवर्डको निर्माण सम्पन्न गर्ने ।
कार्यालयको भवन निर्माण तथा अधुरो रहेका भवन सम्पन्न गर्ने ।
कृषि तथा पशुपन्छि विकासका कार्य निरन्तरता दिने ।
महिला तथा यूवाहरुलाई उद्यमी बनाई स्वरोजगार उन्मुखका कार्यहरु गर्ने ।
नगरपालिका र अन्तरगतका वडा कार्यालयबाट दिईने सेवालाई प्रविधिमैत्रि बनाईने ।
पूर्वाधार विकासका कार्यलाई दिगो संरचना निर्माणमा जोड दिईने ।
लक्षित वर्गका कार्यक्रमहरु संचालन गरिने ।
न्यून वेतन भएका बालशिक्षा तथा विद्यालय कर्मचारीहरुकोलागि थप सुविधाको व्यवस्था गरिएको ।
नगर स्वयम सेवक शिक्षक सहयोग कार्यक्रम निरन्तरता गरिएको ।

यी कार्यकालागि नगरपालिकाको बजेट विनियोजन निम्नानुसार गरिएको छ ।

कुल बजेट ६३, १९,४४, ६६५।५२ चालु ३५,८०,९८,३३४।४८ (५७ प्रतिशत) पुँजीगत २७,३८,४६,३३१।०४ (४३ प्रतिशत)
क्रमागत योजनाहरुकालागि २,१५,००,०००।–
नगरस्तरीय योजनाहरु २,१२,००,०००।–
वडा कार्यालय चालु ८९,५५,०००।–
वडाको एक योजना १७ लाखका दरले १,५३,००,०००।–
वडा कार्यालय पूँजीगत ५,७८,३५,६६५।५२
विषयगत शाखाहरु ४,१५,२५,०००।–
एक वडा एक उत्पादन ५ लाखका दरले ४५,००,०००।–

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार