असार १५ सम्म आईपुग्दा रामेछापमा यस वर्ष १५ प्रतिशत खेतमा मात्रै रोपाँई

असार १५ सम्म आईपुग्दा रामेछापमा यस वर्ष १५ प्रतिशत खेतमा मात्रै रोपाँई

असार १५ सम्म आईपुग्दा रामेछापमा यस वर्ष १५ प्रतिशत खेतमा मात्रै धान रोपाँई भएको छ । कृषि ज्ञान केन्द्र रामेछापका अनुसार हालसम्म जिल्लामा जम्मा १५ प्रतिशत खेतमा मात्रै धान रोपाँई भएको हो । जिल्लाको गोकुलगङ्गा गाउँपालिका लगाएतका क्षत्रमा गरी लगभग १५ प्रतिशत खेतमा रोपाई भएको कृषि ज्ञान केन्द्र रामेछापकी प्रमुख निर्मला गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा ८ हजार ९०९ हेक्टर खेतमा धान रोपाई हुँदै आएको छ । अहिलेसम्म जिल्लाका लेकाली क्षत्रहरुमा एक हजार तीन सय ३६ हेक्टर जमिनमा रोपाई भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार