रामेछाप सहित वाग्मती प्रदेशका १३ वटै जिल्लामा शीतभण्डार बन्दै

रामेछाप सहित वाग्मती प्रदेशका १३ वटै जिल्लामा शीतभण्डार बन्दै

वाग्मती प्रदेशले प्रदेशका १३ वटै जिल्लामा शीतभण्डार (कोल्ड स्टोर) निर्माण गरिरहेको छ । स्थानीय सहकारी संस्था र निजी कम्पनीसँगको साझेदारीमा शीतभण्डार निर्माण कार्य अगाडि बढाइएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले छ ।

मन्त्रालयका अनुसार अधिकांश शीतभण्डार निर्माणको अन्तिम चरणमा छन् । यसका लागि मन्त्रालय र साझेदार संस्थाहरूसमेतको गरी ९७ करोड ८३ लाख ६३ हजार रुपैयाँ लगानी भएको छ । किसानद्वारा उत्पादित तरकारी र फलफूललाई धेरै दिनसम्म ताजै राख्न शीतभण्डार निर्माण भइरहेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार