माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको उद्घाटन

माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको उद्घाटन

बहुचर्चित स्वदेशी लगानीको ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको छ ।

प्रधानमन्त्रीले बालुवाटरमा आयोजित कार्यक्रममा स्विच थिचेर आयोजनाको उद्घाटन गर्नुभएको हो । पहिलो युनिटबाट ७६ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएसँगै औपचारिक रुपमा प्रधानमन्त्रीले उद्घाटन गर्नुभएको हो । उद्घाटन कार्यक्रम आयोजना स्थलमा समेत गरिएको थियो । उद्घाटनका समयमा भने साढे ७ मेगावाट मात्रै विद्युत् उत्पादन भइरहेको थियो ।

निमार्ण सुरु भएको आयोजनाले ११ वर्षपछि उत्पादन थालेको हो । २०६७ सालबाट आयोजना निमार्ण सुरु भएको हो । आयोजनाका प्रवक्ता गणेश न्यौपानेका अनुसार पहिलो युनिटबाट ७६ मेगावाट व्यवसायिक विद्युत् उत्पादन राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।

यसको एक सातापछि दोस्रो युनिटबाट थप ७६ मेगावाट विद्युत् उत्पादन हुने उहाँले जानकारी दिनुभयो । असारसम्ममा कम्तिमा २ वटा युनिटबाट १ सय ५२ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिने तालिका राखिएको छ । आयोजनाबाट वार्षिक २ अर्ब २८ करोड युनिट बिजुली उत्पादन हुनेछ । आयोजनाले बिजुली बिक्रीबाट वार्षिक ९ अर्ब रुपैयाँ आम्दानी गर्नेछ । ३५ अर्ब ३३ करोडमा निर्माण सकिने भनिएको आयोजनाको लागत बढेर ८५ अर्ब पुग्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार