बाढिले खानीखोलाको झोलुङ्गे पुल बगायो

बाढिले खानीखोलाको झोलुङ्गे पुल बगायो

तीनदिन देखिको अविरल वर्षादका कारण खानीखोलाको पुृलमा क्षति पुगेको छ । रामेछापको सुृनापति गाउंपालीका १ को गुन्सि र बडा नं ३ को हिलेदेवीलाई जोड्न्े उक्त पुलमा विहिबार राति आएको अविरल वर्षादका कारण क्षति पुगेको हो । बाढिले पुलको एकापटिको जीपमा क्षति पुगेको छ ।

सुनापति गाउँपालीकाका प्रमुख प्रशासकिय अधिकृत कमल श्रेष्ठका अनुसार – हाल वर्षाद नरोकिएको र खोलामा अत्याधिक मात्रामा बाढि आएकोले मानिसलाई ओहोरदोहोर गर्न कठिन भएको भएपनि पुलमा पुर्ण क्षति भने नपुगेकोले यात्रीहरुका लागि बर्षाद घटेपछि भने खासै समस्या हुने अवस्था छैन ।

हाल पुलबाट ओहोर दोहोर गर्नै अवस्था नभएपनि पुल भन्दा केहि तल अर्काे झोलुङ्गे पुल भएकोले सर्व साधारणका लागि आओत जाओतका लागि पनि खासै असहज अवस्था छैन् ।

त्यसैगरि तीन दिन देखि अविरल वर्षाद भएको भएपनि शुक्रबार सम्ममा रामेछाप जिल्लाका कुनै पनि ठाउँमा खासै बाढिबाट खासै क्षति पुगेको सुचना प्राप्त भएको छैन् ।

संभावित बाढी पहिरो र जोखिमलाई मध्य नजर गरि जिल्ला प्रकोप ब्यवस्थापन समितिले आबस्यक आफनो जनशक्ति ,राहत र अन्य सहयोगका लागि जिल्ला रेडक्रस सोसाईटि संगको समन्वयलाई समेत दर्विलो बनाएको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार