आज मौद्रिक नीति सार्वजनिक हुने सम्भावना

आज मौद्रिक नीति सार्वजनिक हुने सम्भावना

नेपाल राष्ट्र बैँकले आज मौद्रिक नीति सार्वजनिक गर्ने सम्भावना रहेको छ । आज बिहान बस्ने नेपाल राष्ट्र बैँकको सञ्चालक समितिको बैठकले मौद्रीक नीति सार्वजनिक गर्ने नगर्ने बारेमा निणर्य गर्ने राष्ट्र बैँकका सहप्रवक्ता नारायण प्रसाद पोखरेलले जानकारी दिनुभयो ।

बैठक सकारात्मक भए आज बेलुका ४ बजे मौद्रिक नीति सार्वजनिक गर्ने तयारी भएको पोखरेलले बताउनुभयो । सरकारले यसपटक केही ढिलो गरेर मौद्रीक नीति सार्वजनिक गर्न लागेको हो ।

कोरोनाको कारण आर्थिक क्षेत्रमा परेको असरलाई कम गर्न मौद्रीक नीतिले कसरी सम्बोधन गर्छ भन्नेमा धेरैको चासो रहेको छ । गत वर्ष विभिन्न सहुलियत र छुट दिएको सरकारले यस पटक पनि केही राहतको प्याकेज ल्याउँछ कि भनेर उद्योगी व्यवसायीहरूले अपेक्षा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार