ज्येष्ठ नागरिकलाई घर–घरमा पुगेर कोभिड–१९ विरुद्धको खोप सेवा दिन सरकारलाई अन्तरिम आदेश

ज्येष्ठ नागरिकलाई घर–घरमा पुगेर कोभिड–१९ विरुद्धको खोप सेवा दिन सरकारलाई अन्तरिम आदेश

सर्वोच्च अदालतले ज्येष्ठ नागरिकलाई घर–घरमा पुगेर कोभिड–१९ विरुद्धको खोप सेवा दिन सरकारलाई अन्तरिम आदेश गरेको छ । न्यायाधीश प्रकाशकुमार ढुंगानाले आज सो आदेश गर्नुभएको हो । प्रवेश केसीले ज्येष्ठ नागरिकलाई खोपमा सहजता गर्न माग गरेर रिट, निवेदन दर्ता गराउनुभएको थियो ।

खोप केन्द्रमा जान असमर्थ ज्येष्ठ नागरिक, विस्तारामा रहेका हिँडडुल गर्न नसक्ने, अस्पतालले पहिचान गरेको दीर्घ रोगीहरु तथा फरक क्षमता भएका र दुवै आँखा नदेख्नेहरुलाई घर–घरमा खोप सेवा दिन अदालतले अन्तरिम आदेश गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार