आज पनि केही स्थानमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव रहेको छ । प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका एक–दुई स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो पनि देशभर मौसममा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको […]

आज साउने सङ्क्रान्ति पर्व मनाइँदै

आज साउने सङक्रान्ति,देशभर स्नान, दान गरेर मनाइँदैछ । सूर्यले मिथुन राशीको भोग पूरा गरी कर्कट राशीमा प्रवेश गर्ने पहिलो दिन भएको हुनाले आज देशभर साउने सङ्क्रान्तिलाई विशेष रुपमा मनाउने गरिन्छ । माघ १गते सुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायनका दिनलाई विशेषरुपमा मनाइन्छ । आजको दिनमा हिलो मैलोका कारण लाग्ने छालासम्बन्धी रोग […]

रामेछाप नगरपालिकामा कोसेली घर सञ्चालन, उपप्रमुखद्धारा उद्धघाटन

रामेछाप नगरपालिकामा आजबाट कोसेली घर सञ्चालनमा आएको छ । समाज सेवाजागृती बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आज एक औपचारिक कार्यक्रमको आयोजना गरी कोसेली घर उद्घाटन गरेको हो । रामेछाप नगरपालिकाका उपप्रमुख सृजना खड्काले कोसेली घरको उद्धघाटन गर्नुभयो । स्थानीय स्तरमा उत्पादित वस्तुहरु नागकिहरुले सहजै प्राप्त गरुन् भन्ने उद्धेश्यले कोसेली घर सञ्चालन गरिएको नगरपालिकाले जनाएको […]

रामेछापमा पनि असारे विकासको चटारो

आर्थिक वर्षको अन्त्यमा आएर रामेछाप सहित आधिकांश स्थानमा बजेट सिध्याउने असारे विकासको चटारो यसवर्ष पनि अत्याधिक देखिएको छ । देशको संरचना बदलिए पनि असारमा नै बजेट सक्न भ्याइनभ्याई गर्ने प्रवृत्तिमा कमी आएको देखिदैन । असार सुरु भएदेखिनै गोरेटो बाटो, नाली सफाइ, खानेपानी, सिँचाइ कुलो, पोखरी, मन्दिर निर्माण र मर्मतजस्ता काम टोलैपिच्छे चलिरहेका छन् । गत […]

रामेछापमा थपिए ११ जना कोरोना संक्रमित

रामेछाप जिल्लामा आज ११ जना कोरोना सङ्क्रमित थपिएका छन् । जिल्ला अस्पतालमा ७ जना,खाँडादेवी गाउँपालिकामा २ जना र लिखु तामाकोशी गाउँपालिकामा २ जनागरी ११ जनामा एन्टिजेन परीक्षण रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । योसँगै जिल्लामा कोरोना पुष्टि हुनेको सङ्ख्या २ हजार ३ सय ७२ जना पुगेको छ । जिल्लामा कोरोना जित्नेकोे सङ्ख्या […]

रामेछाप उमाकुण्डमा एक कोरोना संक्रमित पुरुषको मृत्यु

रामेछापमा कोरोना भाइरसका कारण फेरी एक पुरुषको मृत्यु भएको छ । जिल्लाको उमाकुण्ड गाउँपालिका वडा नं ५ का वर्ष ३८ का एक पुरुषको कोरोना संक्रमणबाट ज्यान गएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कर्णले जानकारी दिनुभयो । मृतक पुरुषको यहि २६ गते एन्टिजेन रिपोर्ट पोजेटिभ आएको थियो । उनी होम आईसोलसनमा बस्दै आएका थिए । […]

पेट्रोलियम पदार्थको भाउ १ रुपैयाँ घट्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ १ रुपैयाँ घटाएको छ । गएराति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य लिटरमा १ रुपैयाँ घटाइएको निगमले जानकारी दिएको छ । पेट्रोलको मूल्यअब १ सय २८ रुपैयाँ प्रतिलिटर तथा डिजेल र मट्टितेलको मूल्य १११ रुपैयाँ प्रतिलिटर कायमभएको छ । निगमले यहीअसार २२ गते पेट्रोल, डिजेल, मट्टितेल, […]

कोरोनाको उपचार र नियन्त्रणलाई चुस्त बनाउन प्रधानमन्त्री देउवाले दिए निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना उपचार, रोकथाम र नियन्त्रणलाई प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ । कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) सँग हिजो भएको छलफलमा प्रधानमन्त्री देउवाले कोरोना नियन्त्रणलाई चुस्त बनाउन निर्देशन दिनुभएको हो । प्रधानमन्त्री नियुक्त भएको दोस्रो दिनमै देउवाले कोरोनाको उपचार, रोकथाम र व्यवस्थापनका बारेमा भएका कामकारवाहीका बारेमा जानकारी समेत लिनुभएको छ । प्रधानमन्त्री […]

विपदमा परेर ३ महिनामा ११४ जनाले ज्यान गुमाए

गृह मन्त्रालयका अनुसार पछिल्लो तीन महिनामा प्राकृतिक विपद्का घटनामा परेर १ सय १४ जनाको ज्यान गएको छ । वैशाख १ गतेदेखि हिजोसम्मको तथ्याङ्कले पहिरोमा २९, बाढीमा २७ र डुबानमा परेर ८ जनाको ज्यान गएको देखाएको छ । यस्तै, चट्याङ्गबाट ३५ जना, आगलागीबाट ११, डढेलोबाट ३ जना र हावाहुरीका कारण एक जनाको ज्यान गएको गृह मन्त्रालयले […]

निवर्तमान प्रधानमन्त्री ओलीले आज सरकारी निवास बालुवाटार छाड्ने

निवर्तमान प्रधानमन्त्री एवम् नेकपाएमालेकाअध्यक्ष केपीशर्मा ओलीआज सरकारी निवास बालुवाटार छाडेर निजीनिवास बालकोट जानुु हुने भएको छ । आजबिहान ११ बजे ओलीले सरकारी निवास छाड्नु हुने भएको हो । प्रधानमन्त्रीमा नेपालीकाँग्रेसका सभापति शेरबहादुर देउवाहिजोनियुक्तहुनुभएको थियो । देउवा सपथग्रहण र पदभार ग्रहण गरेपछि निजीनिवास बूढानिलकण्ठ जानुभएको थियो । उहाँअब केहीदिनमा सरकारी निवास बालुवाटार सर्नुहुनेछ । आजओलीलाई बालुवाटारदेखि […]